मुगुमा पाँचदिने सुत्केरी देवमायाले दिइन् एसईई  « Khabarhub

मुगुमा पाँचदिने सुत्केरी देवमायाले दिइन् एसईई 


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

मुगु- मुगुमा एक सामुदायिक विद्यालयमा पाँचदिने सुत्केरी महिला शुक्रबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी भएकी छिन् ।

छाँयानाथ रारा नगरपालिका– १३ मा रहेको प्रकाश मावि लुममा अध्ययन गरेकी छात्रा देवमाया बोहोराले एसईईको पहिलो दिन शुक्रबार अंग्रेजी विषयको परीक्षा दिएकी हुन् । छोरालाई जन्म दिएको पाँचौँ दिनमा उनी एसईईमा सहभागी भएकी हुन् । उनले सदरमुकाम गमगढी बजारमा रहेको महाकाली नमुना माध्यमिक विद्यालयको परीक्षा केन्द्रबाट परीक्षा दिएकी हुन् ।

तर, सुत्केरी भएकाले परीक्षाको तयारी राम्रोसँग गर्न नपाएको उनले बताइन् । ‘सुत्केरी भएदेखि राम्रोसँग आराम गर्न पनि पाएको छैन । परीक्षाको तयारी पनि राम्रोसँग गर्न पाएको छैन,’ उनले भनिन्, ‘जे भए पनि परीक्षा दिनै पर्‍यो । सकेको राम्रो गर्नेछु ।’

परीक्षा दिइरहँदा शिशुलाई स्तनपान गराउनुपर्ने र आफूले पनि बीच बीचमा आराम गर्नुपर्ने भए पनि परीक्षालाई भविष्य ठानेकाले सहभागी भएको उनले बताइन् ।

‘यो मेरो परीक्षा अहिलेको लागि मात्र होइन । यो त मेरो भविष्यसँग जोडिएको छ,’ उनले भनिन्, ‘मैले यो मूल ढोकालाई खुलाउन सकिन भने मेरो भविष्य के होला ? भन्ने लाग्छ । सबै कष्ट बिर्सेर पनि परीक्षामा सहभागी हुने निर्णय गरेको हुँ ।’

उनी जस्तै प्रभात मावि रोवाकी वसन्ती सेजुवालको पनि उस्तै छ । वसन्ती सेजुवाल पनि एक महिने छोरीसहित एसईई परीक्षा दिई रहेकी छन् ।

अपाङ्गता भएका परीक्षार्थीलाई १५ मिनेट समय थप गर्ने कानुनी व्यवस्था भए पनि सुत्केरी परीक्षार्थीका लागि थप सुविधा नरहेको महाकाली माध्यमिक विद्यालयको परीक्षा केन्द्रका केन्द्राध्यक्ष खड्ग बहादुर रोकायाले जानकारी दिए । तर, सुत्केरी परीक्षार्थीका लागि पनि केही सुविधा दिने तयारीमा रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ५ : ०९ बजे

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म