सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेज | Khabarhub Khabarhub

सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेज


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपप्रधानमन्त्रीसमेत रहेका नवनियुक्त गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्री र सचिवले सुराकीको नाममा खर्च गर्ने प्रणालीको खारेज गरेको बताएका छन्। आज गरिएको सूत्रपरिचालन कार्यविधि, २०७८ (सुराकीको नाममा गृहमन्त्री र सचिवले खर्च गर्ने प्रचलन) खारेजीको निर्णयलाई आगामी मन्त्रिपरिषद्मा प्रस्तावका रुपमा लैजाने उनले जानकारी दिए ।

मन्त्रालयमा कार्यभार सम्हालेपछि आज आयोजित समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले मिटरब्याजी पीडितको समस्या समाधानका लागि अधिकारसम्पन्न आयोग गठन गर्ने निर्णय पनि गरेको जानकारी दिए । यी दुवै प्रस्ताव आगामी बस्ने मन्त्रिपरिषद्मा पेशसमेत गर्ने उनले जानकारी दिए । “आज मैले पद बहाली गर्दा ती दुई विषयको फाइलमा हस्ताक्षर गरेको छु, दुईवटै विषय मन्त्रिपरिषद्मा प्रस्तावको रुपमा लगिने छ”, उनले भने ।

आजको समयसमेतमा मिटरब्याजबाट पीडित हुनु भनेको सामन्तवादको अवशेष हो भन्दै उहाँले उनीहरूका समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेकोसमेत बताए । गृहमन्त्री श्रेष्ठले जेल सुधारका लागि ठोस एजेण्डा बनाएर अघि बढ्ने पनि प्रतिबद्धता जनाए। उनले सुरक्षा निकायलाई कुनै पनि दबाब र प्रभावबाट मुक्त गरिने तथा पेशागत दक्षता वृद्धिमा ध्यान दिइने विश्वास दिए ।

उनले गृह प्रशासनका अधिकारीलाई जनसेवालाई केन्द्र विन्दुमा राखेर काम गर्न निर्देशन पनि दिए । धनी, सम्भ्रान्त सजिलै प्रहरीको हाकिमकोमा पुग्न पाउने र निमुखाले न्याय नपाउने कुरा कुनै पनि हालतमा सह्य नहुने पनि उनले बताए । सुरक्षा निकायको कार्यशैलीमा जनताको सेवा दिने गरी रुपान्तरण गर्न पनि आग्रह गर्दै निमुखाले सांसद वा पार्टीका नेतालाई समात्नुपर्ने कुरा गलत भएको बताए ।

मन्त्री श्रेष्ठले भने, “कुनै समस्य भए बरु समाधान गरौँला तर विनम्रतापूर्वक अनुरोध गर्छु तर जनताको सेवामा खेलवार्ड नगर्नुहोस् ।” उनले राष्ट्रिय परिचयपत्र योजना कार्यान्वयन गरिरहेको र जुन आवश्यकता र औचित्यले बनाइएको हो, त्यसलाई पूर्णउपयोग गर्ने वातावरण बनाउन अन्य निकायसँगसमेत समन्वय गरी अघि बढाउनुपर्ने आवश्यकता रहेको औँल्याए ।

 

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ९ : १९ बजे

बारपाकमा भिसी गजे घले संग्रहालय उद्‌घाटन

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गोरखाको बारपाकमा भिसी गजे

भारत–पाकिस्तान युद्धले नेपालको बजार र भान्छामा कस्तो असर पर्ला ?

काठमाडौं– आतंकवादविरुद्ध भारतले अगाडि बढाएको ‘मिसन सिन्दुर’ पछि भारत पाकिस्तानबीचमा

‘पाकिस्तानमा रहेका नेपालीको सुरक्षाका लागि सरकार सचेत छ’

काठमाडौं– परराष्ट्र मन्त्रालयले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी र अन्य नेपालीको

गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : अध्यक्ष केसी

गलकोट– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्रको विकल्प

डेङ्गुप्रति सचेतना अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं– पानी पर्न थालेकाले डेङ्गु सङ्क्रमणको जोखिम बढ्नसक्ने भन्दै सतर्कता अपनाउन