सुडानमा सुन खानी भत्किँदा १० जनाको मृत्यु « Khabarhub

सुडानमा सुन खानी भत्किँदा १० जनाको मृत्यु


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – सुडानको उत्तरी राज्यमा बिहीबार सुनखानीमा पहिरो जाँदा (भत्किँदा) कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शुक्रबार जनाएका छन् ।

प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै सुडानको सरकारी समाचार संस्था सुनाले भनेको छ, “वादी हल्फा क्षेत्रमा रहेको जबल अल–अहमर खानीमा पहिरो जाँदा दर्जनौं श्रमिक फसेका छन् ।”

रिपोर्ट अनुसार खानीमा पहिरोमा पुरिएको सबै श्रमिकको मृत शरिर जमिनको बाहिरी सतहमा ल्याइएको छ । मृतकमध्ये अधिकांश किशोर रहेका छन् भने उद्धारकर्मीले तीन जनालाई घाइते अवस्थामा जीवितै उद्धार गरेका छन् ।

बेपत्ताको खोजी कार्य जारी रहे पनि स्थानीय सुरक्षा स्रोतले उद्धार कार्यमा कठिनाइ भएकाले मृतकको सङ्ख्या बढ्न सक्ने सङ्केत गरेको छ ।

सुडानमा खानीको कमजोर सुरक्षा अवस्था र सुरक्षा नियमहरूको फितलो कार्यान्वयनको कारण खानी दुर्घटनाहरू हुने गरेका र यसलाई सामान्यरूपमा लिने गरिएको छ ।

सुडानको खनिज मन्त्रालयका अनुसार २० लाखभन्दा बढी सुडानीहरू खानी क्षेत्रमा काम गरिरहेका छन् । ती खानीले देशको लगभग ८० प्रतिशत सुन उत्पादन गर्दछन् ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ९ : ३८ बजे

दोस्रो झापा महिला गोल्डकप मङ्सिर ५ गतेदेखि

झापा– दोस्रो झापा महिला आमन्त्रण गोल्डकप फुटबल आगामी मङ्सिर ५

इलाममा बोलेरो दुर्घटना, चालकको मृत्यु

इलाम– इलाममा आज बिहान बोलेरो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमा

एनपीएलको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्रधानमन्त्री वालेन्द्र

दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

चितवन– दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठनभएको त्रिकेट

पर्यटकको रोजाइमा म्याग्दीको भुरुङ्ग–तातोपानी

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानी कुण्ड आन्तरिक एवं