अपाङ्गता भएकी महिलालाई घरमै नागरिकता « Khabarhub

अपाङ्गता भएकी महिलालाई घरमै नागरिकता


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

दमौली – आँबुखैरेनी गाउँपालिका–२ खानीखोलाकी ६० वर्षीया अपाङ्गता महिला राममाया गुरुङलाई जिल्ला प्रशासन कार्यालय तनहुँले घरमै पुगेर नागरिकता वितरण गरेको छ । हिँडडुल गर्न नसक्ने ती महिलालाई कार्यालयसम्म आवतजावतका लागि समस्या हुने भएपछि प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले घरमै पुगेर नागरिकता प्रदान गरेका हुन् ।

“नागरिकलाई सकभर छिटो, छरितो र सहुलियत ढङ्गले सेवा प्रवाह गर्नु हाम्रो कर्तव्य हो, उहाँ अपाङ्गता भएका कारण आवतजावतमा समस्या हुने भएपछि घरमै पुगेर नागरिकता दियौँ,” प्रजिअ रिजालले भने । अप्ठ्यारोमा परेका व्यक्तिलाई प्रशासन कार्यालयले घरमै पुगेर नागरिकता वितरण गर्ने अभियान चलाएको प्रजिअ रिजालले जानकारी दिए ।

“यो हाम्रो कर्तव्य पनि हो, उहाँहरुको परिवारमा सरकारप्रतिको भरोसा र सकारात्मक धारणा पनि विकास होस् भनी अपाङ्गता भएका महिलाको बारेमा थाहा पाएपछि कार्यालयमा नबोलाउनुस्, घरमै पुगेर नागरिकता दिन्छाँै भनेका थियौँ ।” उनले भने ।

चार वर्ष अगाडि घरमै बसिरहेका बेला एक्कासी ढलेपछि उहाँलाई उपचारका लागि लैजाँदा टाउकोमा पानी जमेको छ भनी शल्यक्रिया गर्नुपर्छ भनेर चिकित्सकले सुनाएको निजका श्रीमान् देवराज जीवन गुरुङले जानकारी दिए। “टाउकोमा पानी जमेको छ, शल्यक्रिया नगरे जे पनि हुन्छ भनेर चिकित्सकले भनेपछि शल्यक्रिया गरेपछि त हिँडडुल गर्न पनि नसक्ने अवस्थामा पुगिन्”, उनले भने ।

 

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  १० : ०६ बजे

नारायणी पुलमा अड्किएको राइनो क्रुज निकाल्ने काम सुरु (तस्बिर)

चितवन– नारायणी नदीले बगाएर पुलको पिलरमा अड्किएको ‘राइनो क्रुज’ निकाल्ने

विराट कोहलीले बनाए ऐतिहासिक कीर्तिमान: एकदिवसीयमा छिटो १५ हजार रन पुरा

काठमाडौँ – भारतीय ब्याटर विराट कोहलीले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) क्रिकेटमा

वर्षा रोकिएसँगै बेनी–दरवाङ सडक मर्मत थालियो

म्याग्दी– पछिल्लो झरिका कारण प्रभावित बनेको म्याग्दीको पश्चिमी क्षेत्रका तीन

एसियाड क्वाटरफाइनल : श्रीलंकाविरुद्ध ऐतिहासिक जितको खोजीमा नेपाल

काठमाडौँ – एसियाली खेलकुद (एसियन गेम्स) क्रिकेटअन्तर्गत समूह ‘ए’ को

पहिरोले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

बैतडी– बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडकमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध