सडक सञ्जालले आर्थिक विकासमा टेवा पुग्छ : मन्त्री ज्वाला | Khabarhub Khabarhub

सडक सञ्जालले आर्थिक विकासमा टेवा पुग्छ : मन्त्री ज्वाला


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भौतिक पूर्वाधार क्षेत्रको विकासमा आवश्यक नीति निर्माण तथा कानूनी समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

मन्त्रालयमा आज पदबहाली गर्दै उनले विकास निर्माणका क्रममा हुने ढिलासुस्तीले योजनाअनुसार कार्यप्रगति हासिल गर्न नसकिने हुँदा छिटो छरितो कार्य सम्पन्न गर्न निर्देशन दिए ।

प्रत्येक पालिकामा सडक पु¥याउने सरकारको योजनालाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै उनले कतिपय जिल्लासमेतमा सडक यातायात विस्तार गर्न बाँकी रहेकाले त्यसलाई पूरा गर्नुपर्ने बताए ।

मन्त्री ज्वालाले पूर्वाधार तथा यातायात सञ्जालको विकासले विभिन्न सामाजलाई जोड्नुका साथै स्थानीय व्यापारलाई बजारीकरण गरी जनताको आय आर्जनमा सहयोग पुयाउने उल्लेख गर्दै यस कार्यले दुर्गमलाई सुगममा परिवर्तन गरी आर्थिक समृद्धि कायम गर्ने बताए।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  १० : १७ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले