निर्जला एकादशी : घर घरमा तुलसीको दल राखिँदै « Khabarhub

निर्जला एकादशी : घर घरमा तुलसीको दल राखिँदै


१७ जेष्ठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वैदिक सनातन धर्मावलम्बीले आज आ–आफ्नो घरको मठमा तुलसीको दल राख्दै छन्।

प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको दल राख्ने गरिन्छ। यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ। यस दिन रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिन रोपिन्छ।

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ। यसलाई तुलसी हुर्काई बढाई दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ। यो चार महिनालाई चतुर्मास पनि भनिन्छ। चतुर्मासमा स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ।

निर्जला एकादशीसमेत भनिने भएकाले यस दिन पानी समेत नपिई व्रत गर्नाले अभीष्ट फल पाइने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए।

सक्नेले पानी नखाई व्रत गरे पनि नसक्नेका लागि फलफूल खाएर बस्न सकिने पनि उनले बताए। आयुर्वेदिकरूपमा पनि लाभकारी औषधि मानिने तुलसी विभिन्न रोगको उपचारमा प्रयोग गरिन्छ। तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानले प्रमाणित गरेको छ।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  ६ : १६ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको