मेक्सिकोमा लागू औषध तस्कर र सुरक्षाकर्मीबीच झडप, १० जना मारिए « Khabarhub

मेक्सिकोमा लागू औषध तस्कर र सुरक्षाकर्मीबीच झडप, १० जना मारिए


१७ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


591
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– मेक्सिकोमा लागू औषध तस्कर र सुरक्षाकर्मीबीच भएको गोली हानहानमा १० जनाको मृत्यु भएको छ । उत्तरी मेक्सिकोको सुरक्षाकर्मी माथि बन्दुकधारीको एक समूहले गोली प्रहार गरे पछि जवाफी कारबाही हुँदा १० जना मारिएका हुन् ।

मेक्सिको सिभिल फोर्सका सुरक्षाकर्मी सवार तीनवटा बख्तरबन्द ट्रकमा यात्रा गरिरहेका बेलामा अचानक बन्दुकधारी समुहले गोली प्रहार गरेका थिए । मेक्सिकोका सुरक्षा सचिव गेरार्डो पालासियोसका अनुसार त्यसपछि सुरु भएको दोहोरो झडपमा आपराधिक समूहका १० जना मारिएका हुन् । उनले दोहोरो झडपमा परी सिभिल फोर्सका चार जना सुरक्षाकर्मी घाइते भएको बताए ।

आक्रमण हिंसा प्रभावित क्षेत्र मानिने न्यूभो लियोन र तामाउलिपास राज्यका राजमार्गमा भएको हो । उक्त राजमार्गमा बेलाबेलामा अपहरण र लुटपाटका घटना हुने गरेको सुरक्षा सचिव पालासियोसले बताए ।

मेक्सिको सरकारले सन २००६ देखी लागू औषध विरोधी अभियान सुरु गरेयता मात्रै तीन लाख भन्दा बढी तस्करको हत्या भइसकेको छ । सो घटनामा पनि लागू औषध तस्करको सङ्गठित आपराधिक गिरोह हुन सक्ने मेक्सिको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सो घटनाका बारेमा थप छानबिन भइरहेको छ । 

प्रकाशित मिति : १७ जेठ २०८०, बुधबार  ८ : ०५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै