दिल्लीमा आज आँधीसहितको वर्षाको सम्भावना, 'एलो अलर्ट' जारी | Khabarhub Khabarhub

दिल्लीमा आज आँधीसहितको वर्षाको सम्भावना, ‘एलो अलर्ट’ जारी


१७ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतको राजधानी नयाँ दिल्लीमा मंगलबार साँझ ८० किलोमिटर प्रति घण्टाको दरमा तेज आँधी चलेको छ।

भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार पश्चिमी वायुको प्रभावका कारणले आज पनि दिल्लीसहित उत्तरी भारतीय क्षेत्रमा आँधीसहित वर्षाको अनुमान गरिएको छ।

मौसम विभागले बुधबारका लागि ‘एलो अलर्ट’ जारी गर्दै आज पनि आउने आँधी र भारी वर्षाका कारण यातायात अवरुद्ध हुने तथा समतली जमिनमा पानी जम्न सक्ने चेतावनी दिएको छ। कार्यालयले बुधबार अधिकतम तापक्रम ३५ डिग्री सेल्सियसको हाराहारीमा रहने अनुमान गरेको छ।

आईएमडीको तथ्याङ्क अनुसार सफदरजङ्ग वेधशालामा मे महिनामा अहिलेसम्म ८६.७ मिलिमिटर वर्षा भएको छ। राष्ट्रिय राजधानीमा मे महिनामा औसत १९.७ मिलिमिटर वर्षा हुन्छ।

महाशाखाका अनुसार असार ५ गतेसम्म दिल्लीको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दा कम हुनेछ। दिल्लीको प्राथमिक मौसम केन्द्र सफदरजंग अब्जर्भेटरीले मंगलबार अधिकतम तापक्रम ३५.९ डिग्री सेल्सियस रेकर्ड गरेको छ।

प्रकाशित मिति : १७ जेठ २०८०, बुधबार  ९ : २५ बजे

४३९ नेपालीको भागमा जम्मा एक प्रहरी 

काठमाडौं– संयुक्त राष्ट्र संघ (युएन) को मापदण्ड अनुसार कम्तिमा ३३३

सेयर बजारमा सामान्य सुधार

काठमाडौं– बिहीबार नेप्से परिसूचक ४.७८ अंकले बढेको छ। अघिल्लो कारोबार

पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने

विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास निर्माणका

पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण

भक्तपुर– आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत पहिलो