दिल्लीमा आज आँधीसहितको वर्षाको सम्भावना, ‘एलो अलर्ट’ जारी « Khabarhub

दिल्लीमा आज आँधीसहितको वर्षाको सम्भावना, ‘एलो अलर्ट’ जारी


१७ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतको राजधानी नयाँ दिल्लीमा मंगलबार साँझ ८० किलोमिटर प्रति घण्टाको दरमा तेज आँधी चलेको छ।

भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार पश्चिमी वायुको प्रभावका कारणले आज पनि दिल्लीसहित उत्तरी भारतीय क्षेत्रमा आँधीसहित वर्षाको अनुमान गरिएको छ।

मौसम विभागले बुधबारका लागि ‘एलो अलर्ट’ जारी गर्दै आज पनि आउने आँधी र भारी वर्षाका कारण यातायात अवरुद्ध हुने तथा समतली जमिनमा पानी जम्न सक्ने चेतावनी दिएको छ। कार्यालयले बुधबार अधिकतम तापक्रम ३५ डिग्री सेल्सियसको हाराहारीमा रहने अनुमान गरेको छ।

आईएमडीको तथ्याङ्क अनुसार सफदरजङ्ग वेधशालामा मे महिनामा अहिलेसम्म ८६.७ मिलिमिटर वर्षा भएको छ। राष्ट्रिय राजधानीमा मे महिनामा औसत १९.७ मिलिमिटर वर्षा हुन्छ।

महाशाखाका अनुसार असार ५ गतेसम्म दिल्लीको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दा कम हुनेछ। दिल्लीको प्राथमिक मौसम केन्द्र सफदरजंग अब्जर्भेटरीले मंगलबार अधिकतम तापक्रम ३५.९ डिग्री सेल्सियस रेकर्ड गरेको छ।

प्रकाशित मिति : १७ जेठ २०८०, बुधबार  ९ : २५ बजे

ट्राफिक कारबाहीबाट पाँच लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन एक हजार ९२२ सवारीचालकलाई सवारी

अनौठो शैलीका कारण कङ्गोली फ्यानलाई अमेरिकले दिएन भिसा

काठमाडौँ – प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) का प्रख्यात ‘सुपरफ्यान’

आरोही फुञ्जो बनिन् चुननुब्रीको पर्यटन सद्भावना दूत

गोरखा– कीर्तिमानी आरोही फुञ्जो झाङ्मु लामालाई चुमनुब्री गाउँपालिकाले पालिकाको पर्यटन

कञ्चनपुरको विकट बस्ती मसेट्टीमा निःशुल्क आँखा शिविर

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका– ९ खल्ला मसेट्टीमा निःशुल्क आँखा शिविर

‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि हुँदै

कर्णाली– ‘कर्णाली क्रिकेट कप २०८३’ आज (आइतबार)देखि प्रदेश राजधानी सुर्खेतको