पप्पु कन्स्ट्रक्सनसहित २३ कम्पनी कालोसूचीमा « Khabarhub

पप्पु कन्स्ट्रक्सनसहित २३ कम्पनी कालोसूचीमा


१७ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले २३ निर्माण व्यवसायी एवम् आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना प्रकाशित गरी सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम २३ निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको जनाएको हो ।

कार्यालयद्वारा प्रकाशित सूचनाअनुसार कालोसूचीमा परेकाहरूमा कलेज अफ इम्प्लोइमेन्ट प्रालि भरतपुर, पप्पु कन्स्ट्रक्सन, कोशी एन्ड न्यौपाने निर्माण सेवा, वाइपी कन्स्ट्रक्सन, सप्तकोसी जलाधार कम्पनी प्रालि, ओम साई एन्ड कम्पनी प्रालि, आकृति एडभरटाइजिङ पोखरिया विराटनगर, थाक ठिनी इन्जिनियरिङ एन्ड कन्स्ट्रक्सन भरतपुर, एसियन हाइटेक कन्स्ट्रक्सन हात्तीगौँडा–४ मोरङ रहेका छन् ।

यसैगरी, चन्दन एन्ड हरिओम कन्स्ट्रक्सन फोटा–२ बारा, फैसल एन्ड अफजल कन्स्ट्रक्सन गौर रौतहट, गौतम ऋषि कन्स्ट्रक्सन कटरिया–५ रौतहट, गिताञ्जली निर्माण सेवा जनकपुर–१२ धनुषा, सिंह कन्स्ट्रक्सन जनकपुर–१२ धनुषा, खुसी निर्माण सेवा जनकपुर–१२ धनुषा, कमोद कन्स्ट्रक्सन रौतहट, रुबी कन्स्ट्रक्सन मलङगवा–१ सर्लाही छन् । 

यस्तै, एचडी इन्टरप्राइजेज विराटनगर–३ मोरङ, हिरालाल कन्स्ट्रक्सन विरगञ्ज–१४ पर्सा, जय माँ वैष्णेदेवी कन्स्ट्रक्सन नवलपरासी, शिरीष कन्स्ट्रक्सनका मध्यपुर ठिमी–६ भक्तपुर, सुभप्रभात–शुभ अविप जेभी कोहलपुर, सर्जिकेम डिस्ट्रिब्युर्टस धरान, टोनिका कन्स्ट्रक्सन विराटनगर, त्रिजोन कन्स्ट्रक्सन एन्ड सप्लायर्स काठमाडौँ तथा युमन निर्माण सेवा बर्दघाट नवलपरासी कालोसूचीमा परेका छन् ।

सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले अधिकांश निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई एकदेखि तीन वर्षसम्म कालोसूचीमा राखेको जनाएको छ । जसअनुसार मोहोन न्यौपाने मुख्य व्यक्ति रहेको कलेज अफ इम्प्लोइमेन्ट प्रालि चितवनलाई उद्योग मन्त्रालय अन्तर्गतको ग्रामीण उद्यम तथा विप्रेषण आयोजना इटहरीको सिफारिसमा तीन वर्षसम्म कालोसूचीमा राखिएको कार्यालयमा प्रकाशित उक्त सूचनामा उल्लेख गरिएको छ ।

यसैगरी सुमित रौनियार नेतृत्वको पप्पु कन्स्ट्रक्सन प्रालि र भावेश बोहोरा नेतृत्वको कोशी एन्ड न्यौपाने निर्माण सेवा प्रालिलाई दुई वर्षसम्म कालोसूचीमा राखिएको छ भने पप्पु र कोशी एन्ड न्यौपाने जेभीलाई सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय पोखरा र सहिद मार्ग सडक आयोजना लिवाङ रोल्पाले कालोसूचीमा राख्न सिफारिस गरेका थिए ।

यसैगरी, पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालय र पुष्पलाल राजमार्ग आयोजना कार्यालय दैलेखको सिफारिसमा सुरेन्द्रप्रसाद श्रेष्ठ नेतृत्वको वाइपी कन्स्ट्रक्सन प्रालि ललितपुरलाई एक वर्ष ६ महिनासम्म कालोसूचीमा राखिएको जनाइएको छ । कालोसूचीमा परेका कम्पनीहरूले कालोसूचीमा राखिएको अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा भाग लिन नपाउने सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा प्रकाशित सूचनामा जनाइएको छ ।

प्रकाशित मिति : १७ जेठ २०८०, बुधबार  १२ : २० बजे

नेकपा छाडेर प्रलोपा रोजेका सुदन अब हर्कको श्रम संस्कृतितिर (तस्बिरहरू)

काठमाडौं- पूर्वपर्यटन मन्त्री एवम् प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्षमण्डलका सदस्य सुदन

नौ दिनदेखि हराइरहेकी महिला मृत फेला

तेह्रथुम- तेह्रथुम जिल्लास्थित म्याङलुङ नगरपालिका-९ साब्ला कोप्चेकी एक महिला मृत

एउटा स्मार्ट लाइसेन्स छाप्न १९५.१७ रुपैयाँ लाग्ने

काठमाडौं- एउटा स्मार्ट ड्राइभिङ लाइसेन्स कार्ड छाप्न करिब रु १९५.१७

तालचोक-बेगनास सडकको म्याद तेस्रोपटक थप

गण्डकी- निर्माणमा ढिलाइ भइरहेको तालचोक-बेगनास सडकको तेस्रोपटक म्याद थप भएको

वन अतिक्रमण नियन्त्रण तथा व्यवस्थापन व्यवस्थित गर्न अपिल

अर्घाखाँची- वनक्षेत्रको संरक्षण तथा व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन वन अतिक्रमण