ऊर्जामन्त्री श्रेष्ठ र भारतीय विदेश सचिव मिश्रीबीच ऊर्जा सहकार्यबारे छलफल « Khabarhub

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय विदेश सचिव मिश्रीबीच ऊर्जा सहकार्यबारे छलफल


१८ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र भारतका विदेश सचिव विक्रम मिश्रीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

ऊर्जा मन्त्रालयमा मङ्गलबार भएको भेटमा नेपाल–भारतबीच ऊर्जा व्यापार, जलविद्युत् आयोजना निर्माण, विपद् प्रतिकार्य तथा पूर्वसूचना प्रणालीलगायत विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा मन्त्री श्रेष्ठले नेपालले हालै सामना गरेका शृङ्खलाबद्ध विपद्का घटनामा सहयोग गरेकामा भारत सरकारलाई धन्यवाद दिएका थिए । उनले दुई देशबीच विद्युत् व्यापार विस्तार गर्न, नेपालमा सञ्चालित जलविद्युत् आयोजनाहरू समयमै सम्पन्न गर्न तथा ऊर्जा क्षेत्रमा निजी क्षेत्रको लगानी बढाउन भारतसँग सहकार्यका लागि आग्रह गरेका थिए ।

जवाफमा भारतीय विदेश सचिव मिश्रीले ऊर्जा क्षेत्रमा नेपालसँग सहकार्य गर्न भारत तयार रहेको बताएका थिए ।

भेटमा ऊर्जा सचिव डा. जगदीश्वर कर्माचार्यसहित मन्त्रालयका अधिकारीहरूको सहभागिता थियो । भारतीय पक्षबाट नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला र भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मनु महावरलगायत सहभागी थिए ।

प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार  ६ : १८ बजे

पदयात्रा अनुमति उल्लङ्घन गर्ने ट्रेकिङ एजेन्सीलाई ५० हजार जरिवाना

काठमाडौँ – पदयात्रासम्बन्धी कानुन उल्लङ्घन गरी विदेशी पर्यटकलाई निषेधित क्षेत्रमा लैजान

रक्षा मन्त्रालयको पहिलो त्रैमासिक खर्च २६ प्रतिशत

काठमाडौँ – रक्षा मन्त्रालय र नेपाली सेनाअन्तर्गत चालु आर्थिक वर्ष २०८३/८४

सरकारलाई कांग्रेसको चेतावनी : पार्टीको वैधानिकताका सवालमा जस्तोसुकै छानबिनका लागि तयार छौँ

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको वैधानिकताका सवालमा जस्तोसुकै छानबिनका लागि तयार

गृहमन्त्रीको निर्देशन- अपराध नियन्त्रणमा सक्रिय हुनू, आईजीपीको प्रतिबद्धता : ‘सुरक्षा र निष्पक्षतामा सम्झौता गर्दिनँ’

काठमाडौं– नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) मनोज केसीलाई दर्ज्यानी चिन्ह प्रदान