ब्रेकिङ स्टोरी

प्रधानमन्त्री प्रचण्ड चार दिने भ्रमणका लागि भारत प्रस्थान

By खबरहब

May 31, 2023

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल बुधबार चारदिने भारत भ्रमणका लागि प्रस्थान गरेका छन् ।

गत पुस १० मा तेस्रो पटक प्रधानमन्त्री बनेपछि दाहालको यो पहिलो विदेश भ्रमण हो । उनी बुधबार दिउँसो नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत प्रस्थान गरेका हुन् ।

मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित अरु पाँच जना मन्त्रीहरु पनि सहभागी छन् ।

टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री डा. प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल, छोरी गंगा दाहाल लगायत छन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसहित उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

चारदिने भ्रमण पूरा गरी प्रधानमन्त्री प्रचण्ड आउँदो शनिबार स्वदेश फर्किने कार्यक्रम छ ।