सहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्र फुटबल क्लबको सहज जित  « Khabarhub

सहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्र फुटबल क्लबको सहज जित 


१७ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले सातदोबाटो युथ क्लबमाथि सहज जित हासिल गरेको छ । 

बुधबार एन्फा कम्प्लेक्समा भएको खेलमा मछिन्द्रले सातदोबाटोलाई ३–१ गोल अन्तरले हराएको हो । मछिन्द्रको जितमा आफिज ओलावालेले ह्याट्रिक गोल गरे । 

उनले खेलको १७, पहिलो हाफको इन्जुरी समय र ५६ मिनेटमा गोल गरेका थिए । खेलको ८४ औं मिनेटमा सातदोबाटोका जोर्डन पुन मगरले गोल गरेपनि मछिन्द्र ३–१ ले विजयी भयो ।  जितसंगै मछिन्द्रले २३ खेलमा ३९ अंक जोडेको छ । समान खेल खेलको सातदोबाटोको २९ अंक रहेको छ । 

 त्यस्तै बुधबार  नै च्यासल मैदानमा भएको खेलमा  थ्री स्टार क्लब र संकटा क्लबले गोलरहीत बराबरी खेल्दै अंक बाँडेको छ । प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् । यस बराबरीसँगै थ्री स्टारले २३ खेलमा २७ अंक जोडेको छ । 

संकटाले २३ खेलमा २७ अंक जोडेको छ । 

प्रकाशित मिति : १७ जेठ २०८०, बुधबार  ५ : ५६ बजे

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौं– लामखुट्टेको टोकाइबाट सर्ने जापनिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा मृत्यु

चुनदेवीबाट गगनविरुद्ध सक्रियता बढाउँदै देउवा (तस्बिरहरू)

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पन्ध्रौँ महाधिवेशन तयारी अघि

जेन-जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर– गत वर्षको जेन-जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको एक थान

टेस्लाले सेप्टेम्बर ३ मा ‘साइबरक्याब’ रोबोट्याक्सी सार्वजनिक गर्ने

वाशिङ्टन- अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाले सेप्टेम्बर ३ मा टेक्सासको

नेपाली आरोहीलाई अवसर दिन सांसद शेर्पाको माग

काठमाडौं– सांसद मिङ्मा ग्याबु शेर्पाले नेपाली आरोहीलाई नेपालमै बस्ने र