सहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्र फुटबल क्लबको सहज जित  « Khabarhub

सहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्र फुटबल क्लबको सहज जित 


१७ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले सातदोबाटो युथ क्लबमाथि सहज जित हासिल गरेको छ । 

बुधबार एन्फा कम्प्लेक्समा भएको खेलमा मछिन्द्रले सातदोबाटोलाई ३–१ गोल अन्तरले हराएको हो । मछिन्द्रको जितमा आफिज ओलावालेले ह्याट्रिक गोल गरे । 

उनले खेलको १७, पहिलो हाफको इन्जुरी समय र ५६ मिनेटमा गोल गरेका थिए । खेलको ८४ औं मिनेटमा सातदोबाटोका जोर्डन पुन मगरले गोल गरेपनि मछिन्द्र ३–१ ले विजयी भयो ।  जितसंगै मछिन्द्रले २३ खेलमा ३९ अंक जोडेको छ । समान खेल खेलको सातदोबाटोको २९ अंक रहेको छ । 

 त्यस्तै बुधबार  नै च्यासल मैदानमा भएको खेलमा  थ्री स्टार क्लब र संकटा क्लबले गोलरहीत बराबरी खेल्दै अंक बाँडेको छ । प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् । यस बराबरीसँगै थ्री स्टारले २३ खेलमा २७ अंक जोडेको छ । 

संकटाले २३ खेलमा २७ अंक जोडेको छ । 

प्रकाशित मिति : १७ जेठ २०८०, बुधबार  ५ : ५६ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र