प्रचण्डसँग भारतीय सुरक्षा सल्लाहकार र विदेशसचिवले गरे भेटवार्ता « Khabarhub

प्रचण्डसँग भारतीय सुरक्षा सल्लाहकार र विदेशसचिवले गरे भेटवार्ता


१७ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशसचिव विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ ।

चार दिने भ्रमणका क्रममा आज दिउँसो नयाँ दिल्ली पुगेका प्रचण्डलाई उनीहरूले प्रचण्ड बसेको होटेल मयुर्या पुगेर भेट गरेका हुन् ।

यस्तै प्रचण्डको सम्मानमा नेपाली दूतावासमा स्वागत कार्यक्रमको आयोजना गरिएको छ । सो अवसरमा प्रधानमन्त्री दाहालले भारतमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने भएका छन् । आज अन्तराष्ट्रिय विमानस्थलमा विदेश राज्यमन्त्री मिनाक्षी लेखीले प्रचण्डलाई स्वागत गरेकी हुन् ।

आजै साँझ भारतका लागि नेपाली राजदूत डा शङ्कर शर्माले प्रधानमन्त्रीको सम्मानमा रात्रिभोजको आयोजना पनि गरेका छन् ।

बिहीबार प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन् । दुई प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन हुनेछ । भोलि नै मोदीले प्रचण्ड र उनको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन् ।

भ्रमणका क्रममा प्रधानमन्त्रीले भारतका राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखरसँग पनि शिष्टाचार भेट गर्नेछन् । काठमाडौं फर्कनुअघि प्रचण्डले मध्य प्रदेशको उज्जैन र इनदौरको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : १७ जेठ २०८०, बुधबार  ६ : ५७ बजे

१३ गतेसम्म अनुदानको रकम नपाए आन्दोलनमा उत्रिने उखु किसानको चेतावनी

काठमाडौँ- नेपाल उखु उत्पादक महासंघले आगामी मंसिर १४ गतेदेखि पुनः

‘डिजिटल हिंसा पनि हिंसा हो’

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बदलिँदो परिवेशमा प्रविधिको

सरकारको प्राथमिकता नै निर्वाचन हो: गृहमन्त्री अर्याल

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन र सुशासनलाई प्राथमिकतामा राखेर सरकारले

गौरीगञ्ज इलाका प्रशासन कार्यालयका तत्कालीन प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

झापा- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले इलाका प्रशासन कार्यालय गौरीगञ्जका तत्कालीन

काठमाडौँमा नगद र गहना चोरी गर्ने २ भारतीय पक्राउ

काठमाडौं- काठमाडौंमा नगद र गरगहना चोरी कार्यमा संलग्न दुई भारतीय