आज साउन १५ अर्थात् खीर खाने दिन « Khabarhub

आज साउन १५ अर्थात् खीर खाने दिन


१५ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

आज साउन पन्ध्र अर्थात् खीर खाने दिन । साउन १५ मा दूधको खीर खाएर असार साउनमा लागेको चिसो भगाउने चलन छ । नेपाली समाजमा असार १५ गते दही चिउरा खाने, साउन १५ गते खीर खाने, भदौ १५ गते पोलेको मकै खाने परम्परा छ ।

खीर हामी धेरैलाई मन पर्ने खानाको परिकार पनि हो । असार, साउन महिनामा मानिसहरू खेतीपातीमा व्यस्त हुन्छन्, वर्षाका कारण साउन महिनामा खेतबारी, वनजंगल जताततै हरियाली हुने र पर्याप्त घाँस हुने भएकाले गाईभैँसीले पनि प्रशस्त दूध दिन्छन् । यस कारण पनि साउनको १५ मा खीर खाने चलन चलिआएको मानिन्छ ।

दूधमा स्थानीय जातका चामल, घ्यू, सख्खर वा चिनी, नरिवल, छोकडा, बदाम, काजु, किसमिस जस्ता खाने मसला र ल्वाङ, सुकुमेल, मरीच, दालचिनीजस्ता मसला कुटेर मिसाएपछि खीर बन्छ । धार्मिक आस्था राख्नेहरूले खीरलाई शुद्ध परिकारका रूपमा समेत लिन्छन् । स्वादिलो एवं पोषिलो खानाको परिकार खीरलाई स्वास्थ्यको लागि अमृतसमान मानिन्छ ।

आजको दिनमा खीर पकाई सबै परिवार जम्मा भएर खाने परम्परा छ । नेपाल कृषिप्रधान देश भएकोले कृषकहरूको रोपाईँ सकिएपछि खुसीयाली स्वरूप खीर खाने परम्परा परापूर्वकालदेखि नै मनाइँदै आइएको छ । खीरलाई पौष्टिक तत्वहरू धेरै भएको खानाका रुपमा मानिने चिकित्सकहरू बताउँछन् ।

खीर खानुका फाइदाहरू पनि धरै छन् । साउने झरीमा विभिन्न संक्रामक रोग लाग्ने गर्छ । त्यसको लागि रोग प्रतिरोधात्मक क्षमता हुने भएकाले पनि खीर खानु स्वास्थ्यकर मानिन्छ । खीरमा मिसाइने चामलमा अत्याधिक मात्रामा कार्बोहाइड्रेट पाइने कारण यसको सेवनले शरीरलाई शक्ति प्रदान गर्न मद्दत गर्छ ।

खीरको सेवनबाट शरीरमा चिल्लो पदार्थको मात्रा परिपूर्ति हुन्छ । खीरमा मिसाइने काजु बदाम किसमिसहरूमा प्रशस्त मात्रामा भिटामिन, मिनरल (खनिज) पाइन्छ । घ्यू हालेर खीर बनाउँदा घ्यूको मात्राले शरीरमा चाहिने फ्याटको मात्रालाई पूरा गर्छ । यसका साथै खीर नरम खाना भएको कारणले यो गर्मी मौसममा जस्तै बिरामीले पनि सहजै पचाउन सक्छन् । त्यस्तै गाईको दूधमा बनाइने खीरबाट प्रशस्त मात्रामा भिटामिन ‘ए’ पाइन्छ । यसमा साथै दूधमा बनाइने खीरमा प्रशस्त मात्रामा क्यालोरी पाइन्छ ।

खीर बच्चा, वृद्ध सबैलाई उपयुक्त खानेकुरा हो । तर, दूध र चिनी खान नहुने मान्छेले खीर खान नहुने बताइन्छ । ग्यास्ट्रिकका बिरामीले पनि खीर खाँदा सावधानी पु¥याउनुपर्छ । पाचन प्रणाली कमजोर भएको बेला चिल्लोरहित दूध र चामलबाट बनेको खीर खाँदा पाचन प्रक्रिया सहज हुन्छ ।

नेपाली समाजमा बालबालिकालाई अन्नप्राशन (पास्नी) मा सबैभन्दा पहिला खीर नै खुवाइन्छ । बुढाबुढी भएर अन्य खानेकुरा खान नसक्दा तागतिलो खानाका रूपमा पनि खीरकै नाम आउँछ । खीरमा क्याल्सियम, कार्बोहाइड्रेटलगायत विभिन्न तत्व पाइन्छ । खीरले बालबालिकादेखि वृद्ध वृद्धाको स्वास्थ्यलाई समेत फाइदा गर्छ । बालबालिकाको वृद्धि विकासमा पनि ठूलो मद्दत गर्छ भने बिरामी भएका वा शारीरिक रूपमा कमजोर भएकालाई पनि शक्ति प्रदान गर्छ ।

साउन १५ मा खीर खाने चलनले हाम्रो सांस्कृतिक महत्वलाई मात्र दर्साउँदैन, पारिवारिक जमघट र आफन्तहरुबीचको सामिप्यतालाई अझ प्रगाढ बनाउँछ । साउन १५ मा खीर खाने चलनजस्ता सांस्कृतिक परम्परा नै हाम्रो देशको मौलिक पहिचान पनि हो ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ८ : १९ बजे

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता

हुण्डी कारोबारको आरोपमा दुई जना पक्राउ

सुनसरी– हुण्डी कारोबारमार्फत एक अर्ब ५७ करोडभन्दा बढी रकमको कारोबार

तीस अर्बको एकमहिने निक्षेप संकलनको बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्बको एकमहिने

आजदेखि हलमा तीन नेपाली फिल्म : झिंगेदाउ-२, कार्की साइँला र माया बस्छ कि के हो !

काठमाडौं– आजबाट हलमा तीन नयाँ फिल्म थपिएका छन् ।  ज्ञानेन्द्र

जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै

चितवन– चितवन राष्ट्रिय निकुञ्जको भित्री भागका सडक सरसफाइ सुरु गरिएको