जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै « Khabarhub

जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै


२ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन राष्ट्रिय निकुञ्जको भित्री भागका सडक सरसफाइ सुरु गरिएको छ । जिप सफारीलाई नियमित तथा व्यवस्थित बनाउन वर्षात्का समयमा निकुञ्जभित्रको सडकमा फैलिएको झाडी पन्छाउने काम सुरु गरिएको हो ।
 
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार निकुञ्जको ३० किलोमिटर सडकको दायाँबायाँ रहेका झाडी पन्छाउने काम सुरु गरिएको हो । निकुञ्जमा गस्ती र जिप सफारीको तयारीस्वरूप झाडी पन्छाउने र सडकको अवस्था हेरी स्तरोन्नतिको काम सुरु गरिएको उनले जानकारी दिए।

उनका अनुसार अहिले सडक सरसफाइका लागि दैनिक १० जना मजदुर काममा खटिएका छन् । 

उनले भने, ‘आवश्यकताअनुसार कामदार प्रयोग गरेर सडक सरसफाइ सुरु गरिएको छ ।’
 
यही असोज १७ गतेदेखि जिप सफारी सञ्चालन गर्नेगरी निकुञ्जभित्रको सडकमा भएका खाल्डाखुल्डी पुर्ने, पुल मर्मत गर्नेलगायत काम गर्न लागिएको हो । सौराहाका पर्यटन व्यवसायीको सक्रियतामा सरसफाइ र मर्मतको काम गर्न लागिएको उनले जानकारी दिए ।  
 
गत असार १७ गतेदेखि निकुञ्जभित्र जिप सफारी बन्द भएको थियो । यस निकुञ्जमा पर्यटन व्यवसायीले सौराहा, कसरा, मेघौली, माडी र पूर्वी नवलपरासीका विभिन्न क्षेत्रबाट जिप सफारी गराउँदै आएका छन् । 

निकुञ्जमा एकसिङ्गे गैँडा, पाटेबाघ, हात्ती, भालु, घडीयाल गोहीलगायत जनावर हेर्नका पर्यटक आउने गर्दछन् ।

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  १ : ०२ बजे

भन्सार छलेर ल्याइएका १० वटा स्कुटर नियन्त्रणमा

वीरगन्ज– भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा लिइएको

‘संविधान पूर्ण कार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक’

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको पूर्ण कार्यान्वयनका लागि

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

नयाँदिल्ली- भारत र भुटानले ऊर्जा परियोजनाका लागि चार हजार करोड भारतीय

राष्ट्रिय मुक्ति पार्टीका महासचिव झासहित नौ नेता पार्टीबाट अलगिए

काठमाडौं – राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता