इंग्ल्यान्डका ब्रोडलाई अष्ट्रेलियाको ‘आर्ड अफ अनर’  « Khabarhub

इंग्ल्यान्डका ब्रोडलाई अष्ट्रेलियाको ‘आर्ड अफ अनर’ 


१५ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इङ्ग्ल्यान्डको राष्ट्रिय टोलीका तीव्र गतिका बलर स्टुवार्ड ब्रोडलाई अष्ट्रेलियाले ‘आर्ड अफ अनर’ प्रदान गरेको छ । ब्रोड विश्व टेष्टमा सर्वाधिक तीव्रगतिका दोस्रो खेलाडी हुन् ।

पाँचौँ तथा अन्तिम टेष्ट खेलिरहेका ब्रोडलाई हिजो अस्ट्रेलियन टोलीले आर्ड अफ अनरद्वारा सम्मानसहित बिदाई गरेको हो ।

विश्व टेष्टमा तीव्र गतिका पहिलो खेलाडी जिमी एन्डरसनसहित मैदानमा प्रवेश गरेका ब्रोडलाई मैदानमा भरिएका दर्शकले समेत हात हल्लाउँदै बिदाइ गरेका थिए । 

पाँचौ एसेज घरेलु मैदान ओभलमा चलिरहेको छ । अन्तिम टेष्ट खेलमा ब्रोडले आठ रन बनाएका थिए । ३७ वर्षीय ब्रोडले पाँचौ टेष्टपछि अन्तर्राष्ट्रिय खेल जीवनबाट संन्यास लिने घोषणा गरिसकेका छन् ।

ब्रोडले शृङ्खलामा २० विकेट लिएका छन्, जुन इंल्याण्डका खेलाडीको भन्दा धेरै हो । अस्ट्रेलियाविरुद्धको कीर्तिमानी १५१ टेस्ट विकेट लिएर उनी एसेज क्रिकेटमा इङ्ल्यान्डका उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीमध्ये एक हुन् ।

सन् २०११ र २०१४ बीच टी–२० टोलीको नेतृत्व गरेका उनले २०१६ देखि भने टेस्ट मात्र खेलेका छन् । सन् २००७ को डिसेम्बर ९ देखि १३ तारिखसम्म भएको श्रीलंकाविरुद्धको टेस्टमा उनले ‘डेब्यू’ गरेका थिए ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ९ : २३ बजे

बार्सिलोनासँग हारेसँगै रियल म्याड्रिडले प्रशिक्षक जाबीलाई हटायो

म्याड्रिड- स्पेनिस क्लब रियल म्याड्रिडले प्रमुख प्रशिक्षक जाबी अलोन्सोलाई बर्खास्त

बंगलादेशले भारतमै टी-२० विश्वकप खेल्नुपर्ने, आईसीसीले गर्‍यो नयाँ प्रस्ताव अस्वीकार

ढाका- अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले बंगलादेश क्रिकेट बोर्डले माग गरेको टी-२०

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस २९ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २९ गते मंगलबार तदनुसार

एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म

काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष