खराब ऋणले चिनियाँ अर्थतन्त्र नै जोखिममा   | Khabarhub Khabarhub

खराब ऋणले चिनियाँ अर्थतन्त्र नै जोखिममा  


१५ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

एक पछि अर्को सङ्कटमा फसेको चिनियाँ अर्थतन्त्रमा बेल्ट एण्ड रोड इनिसिटिभ (बीआरआई)को नाममा लगानी गरेको ऋण असुल्न कठिन भए पछि आफैँ सङ्कटमा परेको छ । घट्दो आर्थिक वृद्धिदर, युवा बेरोजगारी र प्रोपर्टी क्षेत्रको खराब अवस्थासँगै चीनमा देखिएको यो समस्याले आगामी दिन अझ कठिन हुन सक्ने आँकलन समेत गर्न थालिएको छ ।

अक्टोबर २०२२ कै एक तथ्यांक अनुसार चीनले बीआरआईको नाममा एक १ ट्रिलियन अमेरिकी डलर ऋण प्रवाह गरेको छ । यो ऋण १ सय ५० देशमा लगानी गरिएको छ । ती प्रायजसो ऋण जोखिममा परेसँगै चीन सङ्कटमा फसेको हो । चीनले लगानी गरेका ती सबै देश अहिले आर्थिक सङ्कटमा परे पछि आफैँ ऋण असुल्न असमर्थ भएको हो ।

सन् २०२२ मा बीआरआई परियोजना अन्तरगत ऋण पाएको श्रीलङ्काले काम भने राम्रोसँग अगाडि बढाउन सकेको छैन । मूल्य वृद्धिका कारण हरेक सामानको भाउ पनि बढेको बढ्यै छ ।

श्रीलङ्का र पाकिस्तान जस्ता देशले चीनको ऋण तिर्न सकेका छैनन् । यी दुवै देशको नियति साँच्चै दुःखद छ । पाकिस्तान गम्भीर आर्थिक सङ्कटमा मात्र होइन कुनै पनि समय क्षतविक्षत पनि हुन सक्नेछ । त्यस्तै श्रीलङ्का लामो समयको आर्थिक मन्दीबाट विस्तारै बाहिर आउने प्रयासमा छ । तथापि सतही रूपमा हेर्दा सुधारिएको र जनजीवन सामान्य लागे पनि श्रीलङ्का फेरि पुरानो लयमा आउन लामो समय लाग्ने प्रस्ट देखिएको छ । यस कारण श्रीलङ्काको अवस्था पनि तत्काल सामान्य हुने सम्भावना न्यून नै छ ।

सन् २०२२ मा बीआरआई परियोजना अन्तरगत ऋण पाएको श्रीलङ्काले काम भने राम्रोसँग अगाडि बढाउन सकेको छैन । मूल्य वृद्धिका कारण हरेक सामानको भाउ पनि बढेको बढ्यै छ । सन् २०२२ को धेरै समय बजारमा कुनै सामान पाउन नै कठिन थियो । सन् २०२३ मा परिस्थिति फेरिएर सामान पाउन त सहज भएको छ तर यसलाई व्यवस्थित गर्न धेरै कठिन छ ।

बीआरआई परियोजनाकै एउटा हिस्सा ऋण लिने देशका राजनीतिज्ञ या सेनाका प्रमुखलाई दिने प्रचलन छ । जसका कारण ऋण उठ्ने सम्भावना त्यसै पनि कम भएको छ । यसैले दिएको ऋण उकासिने सम्भावनालाई न्यून बनाउँदै लगेको छ ।

सन् २०१४ मा बीआरआई परियोजना अन्तरगत ऋण लिने १० देशमा सामान्य समस्या देखिएको थियो । सन् २०२२ को मध्यमा त अवस्था एकदमै फरक भइसकेको थियो । ७० प्रतिशतमा तरलताको अभाव थियो ।

श्रीलङ्का एक पछि अर्को सङ्कटमा फस्दै गए पछि अन्तर्राष्ट्रिय मुद्रा कोषको सहयोगमा सन् २०२३ देखि बिस्तारै जनजीवनमा लयमा फर्कन खोजेको छ ।

कोभिड महामारी तथा रुस र युक्रेनबीचको युद्धका कारण धेरै देशको समस्या बढेको छ । सबै भन्दा महत्त्वपूर्ण कुरा त बीआरआई परियोजना अन्तर्गत  बनाइएका भौतिक संरचनाले त्यस देशलाई कुनै आर्थिक लाभ दिएको छैन । तसर्थ ती सबै देश सङ्कटमा पनि छन् ।

जाम्बियाको अन्तर्राष्ट्रिय विमानस्थल श्रीलङ्काको हम्बोनटोटा बन्दरगाह र कोलम्बो बन्दरगाहमा श्रीलङ्काले ऋण लिएर गरेको खर्च निरर्थक नै साबित भएको छ । श्रीलङ्का एक पछि अर्को सङ्कटमा फस्दै गए पछि अन्तर्राष्ट्रिय मुद्रा कोषको सहयोगमा सन् २०२३ देखि बिस्तारै जनजीवनमा लयमा फर्कन खोजेको छ । स्टेट बैक अफ पाकिस्तानका अनुसार त्यहाँको अवस्था श्रीलङ्काको जस्तो नै त छैन तर ऋण तिर्न कठिन  छ । आफैँले कामदार पठाउन थाले पछि  पाकिस्तानमा बढेको चीन विरोधी भावना त्यहाँको प्रमुख समस्या हो ।

अफ्रिकी देशहरूले बीआरआई परियोजना नै अस्वीकार गर्न थालेका छन् । त्यही मध्यको एउटा देश जाम्बियाले गत वर्ष नै १४ वटा बीआरआई परियोजनालाई अस्वीकार गरेको थियो ।

विश्व बैक, हरभार्ड केनेडी स्कुल, केल इन्स्टिच्युट फर वर्ल्ड इकोनोमी र एड डाटाले तयार पारेको रिपोर्ट अनुसार सन् २००८ देखि २०२१ को बिचमा लगानी गरिएको २२ वटा देशहरू ऋण तिर्न सङ्घर्ष गर्नु पर्ने अवस्थामा छन् ।

जाम्बिायाले पनि यी सबै समस्या समाधान गर्न गत वर्ष अन्तर्राष्ट्रिय मुद्रा कोषसँग नै ऋण लिएको थियो । सो ऋणको ग्रेस अवधि ५ वर्ष भए पनि मेचुरीटी समय १० वर्षको छ । जाम्बिायले गत वर्ष १२ योजना खारेज गरेको थियो । यी मध्यको आधा भन्दा बढीमा एक्जिम बैङ्कको भूमिका थियो । जाम्बिायले अन्य धेरै कुरा खारेज गरेको थियो । यी मध्येका धेरै स्थानमा चीनका सहकर्मीबाट नै रकम आउने गरेको थियो ।

विश्व बैक, हरभार्ड केनेडी स्कुल, केल इन्स्टिच्युट फर वर्ल्ड इकोनोमी र एड डाटाले तयार पारेको रिपोर्ट अनुसार सन् २००८ देखि २०२१ को बिचमा लगानी गरिएको २२ वटा देशहरू ऋण तिर्न सङ्घर्ष गर्नु पर्ने अवस्थामा छन् । सोही समयको अन्तरालमा २ सय ४० अर्ब अमेरिकी डलर ऋण ती देशमा प्रवाह भएको थियो । यसरी ऋण तिर्न कठिन हुने देशमा एसियाली देश मात्र होइन अर्जेन्टिना, केन्या र टर्की समेत छन् ।

चीनले यसरी ऋण प्रवाह गर्ने क्रममा सबै ऋण कम संस्थागत र कम पारदर्शी मात्र होइन कम उपयोगी भएका कारण पनि यो तिर्न कठिन छ । सबै भन्दा महत्त्वपूर्ण कुरा त्यस देशको अधिकारीले पनि त्यसैबाट लाभ लिने भएका कारण यो तिर्न धेरै कठिन भएको हो । सन् २०१३ मा पहिलो पटक यो अवधारणा आएको हो । पाकिस्तानमा जस्तै संसारका अन्य देशका नागरिकमा पनि चीनले राजनीतिक स्वार्थ राखेको कारण जनाउँदै आक्रोश समेत पैदा हुन थालेको छ ।

चीन यसरी फस्नुको एउटा मुख्य कारण त्यहाँको सूचनालाई गोप्य राख्न गरेको प्रयास हो । उदाहरणका लागि जाम्बीयामा १८ वटा बैङ्कले ऋण प्रवाह गरे पनि ती बैङ्कहरूको बिचमा  समन्वय हुन सकेको छैन ।

थुप्रै देशमा चिनियाँ ऋणको मारमा अनावश्यक परेको महसुस भए पछि अमेरिका र अन्य पश्चिमा देशसँग सम्बन्ध सुधार गर्न आतुर देखिएका छन् । सन् २०२१ मा निर्वाचित जाम्बियाका राष्ट्रपति हकाइडे हिचेलीयाले  निर्वाचित भएको केही समय पछि नै अमेरिकासँग सम्बन्ध अघि बढाउन चाहेको बताएका थिए । विगतमा तान्जानियामा पनि यस्तै भएको थियो ।

धेरै देशको अवस्था कस्तो छ भने विद्यालय फेरि खुला गर्न अथवा बिजुली प्रवाह गर्न र ऊर्जाको व्यवस्थापन गर्न नै कठिन छ । पेट्रोलियम पदार्थको अभावमा ती देशमा हाहाकार छ ।

सन् २०२३ को मे मा एउटा रिपोर्ट प्रकाशित भएअनुसार केही गरिब देशहरू साँच्चै तहसनहसको अवस्थामा पुगेका छन् । त्यस अवस्थामा पुग्ने देशमा पाकिस्तान, केन्या र लाओस् मात्र होइन जाम्बिया, लाओस् र मङ्गोलिया समेत रहेको जनाइन्छ ।

धेरै देशको अवस्था कस्तो छ भने विद्यालय फेरि खुला गर्न अथवा बिजुली प्रवाह गर्न र ऊर्जाको व्यवस्थापन गर्न नै कठिन छ । पेट्रोलियम पदार्थको अभावमा ती देशमा हाहाकार छ । यस समयमा चीनको भूमिका कतै पनि सहयोगी देखिएको छैन । चीनले लिएको ऋण तिर्न देशको कुल आम्दानीको एक तिहाइ भन्दा बढी लाग्ने अवस्था समेत श्रीलङ्कामा अझै छ ।

चिनियाँ ऋण नै भएका संसारका धेरै देशमा अहिले बेरोजगारी समस्या बढेको छ । पाकिस्तानमा धेरै टेक्सटाइल बन्द भएका छन् । यसको मुख्य असर पछिल्लो पुस्ताका युवामा परेको छ । केन्यामा सरकारले वैदेशिक ऋण तिर्नकै लागि धेरै कर्मचारीको तलबमा नै कटौती गरिएको छ । महँगो ब्याजदरमा दिइएको यस्ता ऋणले पनि चीन अहिले आफैँ  सङ्कटमा परेको हो । (श्रोत : इकोनोमिक टाइम्स, सीएनएन, ब्लुमबर्ग र एपी) 

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  १ : १२ बजे

मलद्वारमा लुकाएर सुन तस्करी गर्न लगाएका मुख्य योजनाकार पक्राउ

काठमाडौं– प्रहरीले मलद्वारमा लुकाएर ल्याएको एक किलो सुनका मुख्य योजनाकारलाई

भारत- जहाँ दलितले चिहान पनि पाउँदैनन्…

एजेन्सी– ‘हामी आफ्नी हजुरआमाको शव लिएर श्मशान पुग्नासाथ केही मानिसहरू

एनसेल जोडिएका ३० वटा मुद्दा सर्वोच्चमा

काठमाडौं– दूरसञ्चार व्यवसाय कम्पनी एनसेलसँग जोडिएका ३० वटा मुद्दा सर्वोच्चमा

बङ्गलादेशमा आरक्षण विरोधी आन्दोलन चर्कियो, तीन जनाको मृत्यु, ४०० भन्दा बढी घाइते

एजेन्सी– बङ्गलादेशमा सरकारी जागिरका लागि भएको हिंसात्मक झडपमा परी मङ्गलबार

साउने सङ्क्रान्तिमा सुनसान देवघाटधाम

नारायणगढ– साउने सङ्क्रान्तिमा हरेक वर्ष भक्तजनको घुइँचो लाग्ने देवघाटधाम आज