विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ « Khabarhub

विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ


२४ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

सिद्धार्थनगर– गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट काठमाडौँ जान लागेका एक भारतीय नागरिकका साथबाट सात लाख ९५ हजार रुपैयाँ भारतीय रकम बरामद गरिएको छ ।

भारतको आन्ध्र प्रदेशस्थित प्रकाशम जिल्लाका ५९ वर्षीय भिमा श्रीनिवास बुद्ध एयरको उडानमार्फत काठमाडौँ प्रस्थान गर्ने क्रममा विमानस्थलको आन्तरिक टर्मिनलमा रहेको हाते सामान जाँच गर्ने एक्सरेबाट परीक्षण गर्दा उक्त रकम फेला परेको हो ।

प्रहरीका अनुसार श्रीनिवासले साथमा बोकेको खैरो रङको हाते झोलाबाट भारतीय रुपैयाँ ५०० दरका एक हजार ५९० थान नोट बरामद भएको हो । बरामद रकमको कुल मूल्य सात लाख ९५ हजार भारतीय रुपैयाँ रहेको छ ।

उक्त रकमसहित श्रीनिवासलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीले जानकारी दिए । 

पक्राउ परेका व्यक्ति र नगद थप अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक शारदाप्रसाद चौधरीले बताए ।

प्रकाशित मिति : २४ जेठ २०८३, आइतबार  ७ : ३२ बजे

सुनको मूल्यले ३ लाख नाघ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– सुनको मूल्य आज ३ लाखमाथि पुगेको छ । आइतबारको कारोबारमा

आदिवासी जनजातिको पहिचान र संस्कृति नेपालको गौरव हो : राष्ट्रपति पौडेल

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले विविधतामा एकतालाई आत्मसात्

गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी

रसुवा– रसुवाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनैपूर्णिमाका दिन लाग्ने

रुपन्देहीको मर्चवारीमाईमा पूर्वाधारसँगै सामाजिक विकासमा जोड

रुपन्देही– रुपन्देहीको मर्चवारीमाई गाउँपालिकाले स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी तथा सामाजिक

क्यानडा पठाइदिने भन्दै ३७ लाख ठगी गर्ने पक्राउ

काठमाडौँ – क्यानडा पठाइदिने भन्दै ३७ लाख रुपैयाँ ठगी गरेको