पाकिस्तानको बाजौर विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ४४ पुग्यो « Khabarhub

पाकिस्तानको बाजौर विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ४४ पुग्यो


१५ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– पाकिस्तानको उत्तरपश्चिम खैवर पख्तुनख्वा प्रान्तको बाजौर जिल्लामा आइतबार भएको आत्मघाती विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको प्रान्तका स्वास्थ्य मन्त्रीले सोमबार जानकारी गराएका छन् ।

रियाज अनवरले स्थानीय सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार विभिन्न अस्पतालमा उपचारको क्रममा नौ जना घाइतेको मृत्यु भएपछि मृतकको सङ्ख्यामा वृद्धि भएको हो । बम विष्फोटमा परी २०० भन्दा बढी व्यक्ति घाइते भएको र तीमध्ये १०० भन्दा बढीको अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए। 

घाइतेमध्ये कम्तीमा १० जनाको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने आशंका गर्दै अनवरले सबै गम्भीर बिरामीलाई हेलिकप्टरमार्फत प्रान्तीय राजधानी पेसावर लगिएको जानकारी दिए।

जिल्लाको मुण्डा खार सडकको शान्ते मोर क्षेत्र नजिकै जमीयत उलेमा–ए–इस्लाम–फजल ९जेयूआई–एफ० को राजनीतिक भेलाका क्रममा एक आत्मघाती आक्रमणकारीले आफ्नो ज्याकेटमा राखिल्याएको विस्फोटक पदार्थ विस्फोट गराएको प्रहरीले जनाएको छ ।

आक्रमणमा भेलामा आएका केही उलेमा–ए–इस्लाम–फजल समर्थक नेता तथा कार्यकर्तासहित केही सर्वसाधारणसमेतको हताहती भएको थियो । उक्त आक्रमणमा एक स्थानीयस्तरका उच्च नेताको समेत मृत्यु भएको थियो । 

आक्रमणको जिम्मेवारी सोमबार यो समाचार तयार पार्दा कुनै व्यक्ति वा समूहले लिएको छैन । उक्त क्षेत्रमा यस पहिले पनि उक्त दलको कार्यक्रमलाई लक्षित गरी स्थानीय इस्लामिक स्टेट (आइएस) ले आक्रमण गरेको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  १ : १९ बजे

इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’ सुरु, सभामुख अर्यालले उद्घाटन गर्ने

इटहरी – सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरसँग

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र