अमेरिकी कम्पनी एएमडीले भारतमा ४०० मिलियन डलर लगानी गर्ने  « Khabarhub

अमेरिकी कम्पनी एएमडीले भारतमा ४०० मिलियन डलर लगानी गर्ने 


१५ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चिप बनाउने अमेरिकी कम्पनी एडभान्स्ड माइक्रो डिभाइस (एएमडी) ले आगामी पाँच वर्षमा भारतमा ४०० मिलियन डलर लगानी गर्ने घोषणा गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितमा शुक्रबार सुरु भएको सेमिकन्डक्टरसम्बन्धी सम्मेलनमा कम्पनीका प्रमुख प्राविधिक अधिकृत मार्क पेपरमास्टरले भारतको बैंगलुरुमा सबैभन्दा ठूलो डिजाइन सेक्टर निर्माण गर्ने बताए ।

भारतीय अखबार द हिन्दूले जनाएअनुसार कम्पनीले आफ्नो डिजाइन सेन्टरको यसवर्षको अन्त्यमा सुरुवात गर्नेछ । आगामी ५ वर्षमा ३ हजार नयाँ इञ्जिनियरिङ क्षेत्रको जागिर सिर्जना गर्ने प्रमुख प्राविधिक अधिकृत मार्कले बताए । 

यस्तै सो अवधिमा ५ लाख स्क्वायर फुटमा एएमडीको नयाँ डिजाइन सेन्टरको सुरुवात हुनेछ । यो सुरुवात हुँदा भारतमा एएमडीका १० कार्यालय रहनेछन् ।

उनले भनेका छन्, ‘भारतीय टोलीले उच्च क्षमता र समस्याको समाधान गर्ने किसिमका चिपहरुको निर्माणमा महत्वपूर्ण भूमिका खेल्नेछ । यसले विश्वभरमै एएमडीका ग्राहकहरूलाई सहयोग पुग्नेछ ।’

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  २ : ०१ बजे

निर्वाचन गर्ने परीक्षाबाट उत्तीर्ण भएर अगाडि बढ्नुको विकल्प छैन : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले सरकारसँग तोकिएकै

सर्वोच्चकै आदेशविरूद्ध अर्थमन्त्री, ओझाको निवेदन हेर्न नमिल्नेमा

काठमाडौं– शरद ओझालाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले नेपाल बिमा

पुसको जाडोमा साँझ परेपछि एमालेमा मतदान (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११ औं महाधिवेशन भृकुटीमण्डपमा मतदानका लागि प्रतिनिधिहरू

पुस ११ देखि चितवनमा हात्ती तथा पर्यटन महोत्सव

काठमाडौं– चितवनको सौराहामा यही पुस ११ देखि १३ गतेसम्म १९औँ