हेटौँडामा पूर्वपश्चिम राजमार्ग विस्तार आजदेखि सुरु « Khabarhub

हेटौँडामा पूर्वपश्चिम राजमार्ग विस्तार आजदेखि सुरु


१५ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


591
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– हेटौँडा उपमहानगरपालिका क्षेत्रसित जोडिएको पूर्वपश्चिम राजमार्ग विस्तार आजदेखि सुरु भएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले जारी गरेको १५ दिने सूचनाको म्याद सकिएसँगै राजमार्ग विस्तारको काम अघि बढेको हो । 

राजमार्गभित्र पर्ने हेटौँडा-१५ को वडा कार्यालयको पर्खाल हटाएसँगै सडक विस्तार थालिएको वडाध्यक्ष सुनिल मोक्तानले जानकारी दिए।’कडा कार्यालयको  २५ मिटर जग्गा सडक क्षेत्रमा पर्ने भएपछि सडक विस्तार कार्यलाई सघाउन आवश्यक नापजाँच गरेर पर्खाल भत्काउन लगायौँ’, उनले भने । 

सडक विस्तारको काम पेचिलो बन्दै गइरहेका बेला उपमहानगरले केही साताअघि बजार क्षेत्रको सडकको दायाँबायाँ राखिएका विभिन्न फलफूलका बोटबिरुवा, गमला र फलामका रेलिङ हटाएको थियो । उपमहानगर प्रमुख मीनाकुमारी लामाले सडक विस्तारबाट हेटौँडाको सुन्दरता बढ्ने उल्लेख गर्दै उहाँले सो कार्यमा सहयोग गर्न सबैलाई आग्रह गरे । 

सडक डिभिजन कार्यालयका प्रमुख राजेश यादवले कार्यालयले घरटहरालगायतका संरचना हटाउन दिएको म्याद सकिएकाले आजदेखि अदालतमा फछ्र्योट भएर आएका तीन सय ४० घरको सडकमा पर्ने जग्गा खाली गराइने उनले जानकारी दिएका छन् । 

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  २ : २५ बजे

एल्गोरिदमको लोकप्रियताले मुलुकलाई युक्रेनजस्तै बनाउन सक्छ : आङदेम्बे

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले मुलुक अप्ठेरो

कांग्रेसमा सभापतिलाई थप अधिकार, ६१ केन्द्रीय सदस्यदेखि चार सहमहामन्त्रीसम्म मनोनीत गर्न पाउने

काठमाडौं – नेपाली कांग्रेसको विधानले पार्टी सभापतिलाई विभिन्न पदमा नेताहरू

गगनले मीन विश्वकर्मालाई सह-महामन्त्री बनाउँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्रीका आकांक्षी मीन विश्वकर्माले कुनै

गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन महत्वका निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडाैँ – सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारका नाममा दीर्घकालीन महत्वका

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा