हत्यामा संलग्न भएको आरोपमा चार पक्राउ « Khabarhub

हत्यामा संलग्न भएको आरोपमा चार पक्राउ


१५ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– कैलाली लम्कीचुहा नगरपालिका–४ की ३३ वर्षीया मञ्जु रावलको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले निजकी सौतासहित चार जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दिलीप चन्दले रावलको हत्यामा संलग्न भएको आरोपमा सरिता रावल, मृतककी सौता गोमा रावल, सौताका छोरा भरत रावल, छोरी वर्षा रावललाई पक्राउ गरिएको जानकारी दिए । प्रहरीका अनुसार गोमा रावललाई दीपायल र बाँकी तीनलाई धनगढीबाट पक्राउ गरिएको हो ।

गत जेठ २५ गतेदेखि बेपत्ता भएको मञ्जु रावललाई मोहन्याल गाउँपालिकाको बाँसबारी सामुदायिक वनको खोल्सामा आइतबार मृत फेला पारिएको थियो । मृतक रावलको हड्डी र कंकाल भेटिएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट श्रीमानको निधनपछि दुई सौताबीच अंशबन्डाका विषयमा विवाद सुरु भएको थियो ।

विवादित जग्गा मृतक मञ्जुका नाममा थियो ।  मृतकका भाइ सुरेन्द्र कार्कीले दिदी मञ्जुलाई बेपत्ता परेको भन्दै गोमा रावल, भरत रावल र अछाम जिल्ला पञ्चदेवल विनायक नगरपालिका–६ का सरिता रावल समेतको नाममा किटानी जाहेरी दिएका थिए । साथै मृतकका छोरा विवेक रावलले यही असार १ गते आमा मञ्जुको खोजतलास गरी पाउँ भनी इलाका प्रहरी कार्यालय लम्कीमा निवेदन दिएका थिए ।

मृतक मञ्जुको श्रीमान् जनक रावलसँग २०७६ असारमा सम्बन्धविच्छेद भएको थियो भने अर्को वर्षको चैतमा जनक रावलको निधन भएको थियो । श्रीमानको मृत्युपछि दुवै सौताले वडा कार्यालयमा मृत्यु दर्ता गराएका थिए ।

सम्बन्धविच्छेदपछि मृतक मञ्जुले मृत्यु दर्ता प्रमाण पत्रको श्रीमतीको महलमा झुठा विवरण राखेर आफ्नो नाम राखेपछि निजको सौता गोमाले मञ्जुको नाम हटाई पाउँ भनी निवेदन दिएकी थिइन् । झुठो विवरण पेस गरी मृत्यु दर्ता गरिएको कसुरमा मञ्जुमाथि मुद्दा चलेको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  २ : २९ बजे

कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा, सुकुम्बासीको बिजोग

कीर्तिपुर– अविरल वर्षापछि बागमती नदीको बहाव बढ्दा काठमाडौँको कीर्तिपुर नगरपालिका–१०

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

कर्णाली– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा

केही भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल