स्वच्छ छवि भएका धर्मगुरुलाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गर्न बौद्धमार्गीको माग | Khabarhub Khabarhub

स्वच्छ छवि भएका धर्मगुरुलाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गर्न बौद्धमार्गीको माग


१५ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लुम्बिनी विकास कोषको उपाध्यक्षमा स्वच्छ छवि भएको, कुनै फौजदारी मुद्दा र विवादमा नमुछिएका धर्मगुरुलाई नियुक्ति गर्न बौद्धमार्गीहरुले सरकारको ध्यानाकार्षण गराएका छन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले राजनीतिक पहुँचको आधारमा लुम्बिनी विकास कोषको उपाध्यक्ष र अन्य कर्मचारी नियुक्ति नगर्न सरकारको ध्यानाकार्षण गराएका हुन् । लुम्बिनी विकास कोषको उपाध्यक्ष पद रिक्त रहेको छ । कोषको अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहने व्यवस्था रहेको छ भने कार्यकारी उपाध्यक्ष रहने व्यवस्था छ ।

पत्रकार सम्मेलनमा तामाङ बौद्ध महासंघ नेपालका महासचिव टेकराज मोक्तानले लाखौंलाख बुद्धका शिष्यहरु हुँदा पनि सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा खल्तीको मान्छे नियुक्ति गर्न लागेको भन्दै आपत्ति जनाए । कोषको उपाध्यक्ष र कर्मचारी नियुक्ति गर्दा सरकारले बुद्धको अनुयायी, कुनै पनि राजनीतिक दलमा नमुछिएको र कुनै पनि फौजदारी कसुर नलागेको र फौजदारी कसुरमा सजाय नपाएको व्यक्ति नियुक्त गर्नुपर्ने उनको भनाइ छ ।

हिजोका दिनमा राज्यलाई बदनाम गरेका र मुद्दा चलेका व्यक्तिहरु नियुक्तिको खण्डमा सिंगो बौद्धमार्गीहरुलाई लुम्बिनीमा उतार्ने उनको चेतावनी छ । त्यस्तै, नेपाल बौद्ध महासंघका पूर्वसदस्य तथा शान्ति विद्यालयका प्रमुख धर्मगुरु पासङ तोक्बा लामाले राजनीतिक दलका शीर्ष नेताहरुले लुम्बिनी विकास कोषलाई राजनीतिक भर्तिकेन्द्र बनाएको आरोप लगाए । उनले राजनीतिक दलहरु आफन्त भर्ती गर्ने, आफन्तलाई बचाउने, अर्कोलाई सिध्याउने, गरिबलाई थिच्ने लगायतका काममा नै रमाइरहेको बताए ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ३ : २१ बजे

जुम्ली किसानलाई मार्सीधान काट्न चटारो

जुम्ला – जुम्लाका किसानलाई यो याममा मार्सीधान काट्न चटारो परेको

विद्या भण्डारीको घर जलाएको आरोपमा युवा संघकै नेता समातिए

काठमाडौं- गत भदौ २३ र २४ गतेको ‘जेन-जी’ आन्दोलनका क्रममा

दीपावलीको आतशबाजीपछि नयाँदिल्ली घना र खतरनाक धुवाँले ढाकियो

नयाँदिल्ली – लाखौँ श्रद्धालुले हिन्दू पर्व दीपावली धुमधामका साथ आतशबाजी

‘यो सरकार केपी ओलीको भन्दा पनि खराब देखियो’

गत भदौ २३ र २४ गते जेन-जी पुस्ताका युवाहरूको नेतृत्वमा

पोखरामा प्लाष्टिकका फूलमालाको बिक्री वितरण कम हुँदै

कास्की- पोखरा महानगरपालिकामा प्लाष्टिकका फूल–गुच्छा बिक्री वितरण कम हुँदै गएको