लेबनानको केन्द्रीय बैंकका प्रमुखले राजीनामा दिने | Khabarhub Khabarhub

लेबनानको केन्द्रीय बैंकका प्रमुखले राजीनामा दिने


१५ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

बेरुत- सङ्कटग्रस्त लेबनानको केन्द्रीय बैंकका प्रमुख रियाद सलामेहले पदबाट राजीनामा दिने भएका छन् ।

लेबनानको गहिरो विभाजित राजनीतिक वर्ग ७३ वर्षीय सलामेहको स्थानमा नयाँ व्यक्ति प्रतिस्थापन गर्न सहमति जुटाउन असफल भएको छ । यसले राजनीतिक सहमति बन्न नसक्दा राष्ट्रपति चयन गर्न असफल मुलुकमा कामचलाउ सरकारद्वारा शासन रहेको गभर्नरको अर्को शक्ति शून्यता सिर्जना भएको छ ।

करिब ३० वर्षसम्म राष्ट्रपतिको जिम्मेवारी सम्हालेका सलामेह लेबनानी राजनीतिक अभिजात्य वर्गका प्रमुख व्यक्तित्व मानिन्छन् । उनलाई देशको आर्थिक मन्दीका लागि मुख्य रूपमा दोषी ठह¥याइएको छ । पछिल्लो समय मुलुकमा मुद्राको अवमूल्यन हुनुका साथै गरिबीको दर बढेको छ ।

आफ्नो विरासतको बचाउ गर्दै सलामेहले केही दिनअघि एक स्थानीय प्रसारकलाई आफूलाई सङ्कटका लागि ‘बलिको बोका’ बनाइएको बताएका थिए । लेबनानको बाँकी राजनीतिक वर्गले उनलाई ‘धेरै पहिले’ त्यागेको आरोप लगाएका थिए ।

लेबनानको कानुनअनुसार सलामेहको ठाउँमा केन्द्रीय बैंकका पहिलो उप गभर्नर वासिम मन्सुरीले कार्यवाहक गभर्नरका रूपमा जिम्मेवारी सम्हाल्ने प्रावधान रहेको छ । तर, यसै महिनाको सुरुमा चारै जना उप गभर्नरले राजीनामा दिने चेतावनी दिएका थिए ।

मन्सुरीले सोमबारपछि पद सम्हाल्ने वा नसम्हाल्ने बारे घोषणा गर्ने अपेक्षा गरिएको थियो ।

भूमध्यसागरको तटमा अवस्थित मुलुक लेबनान विगत चार वर्षदेखि विश्व बैंकले आधुनिक इतिहासकै सबैभन्दा खराब मध्येको एकको संज्ञा दिएको आर्थिक सङ्कटको चपेटामा परेको छ ।

करिब ६० लाख जनसङ्ख्या भएको लेबनानको राजनीतिक परिदृश्य अत्यन्त जटिल छ । यहाँ १८ वटा मुस्लिम र इसाई सम्प्रदायलाई मान्यता दिने प्रावधानअन्तर्गत शक्ति बाँडफाँड गरिएको छ ।

लेबनानमा एक वर्षभन्दा बढी समयदेखि सीमित अधिकारसहितको कामचलाउ सरकारले शासन गर्दै आएको छ र उक्त मुलुक नौ महिनादेखि राष्ट्रपतिविहीन छ ।

भ्रष्टाचार गरी अकुत रूपमा कमाएको सम्पत्ति देश तथा विदेशमा जम्मा गरेको आरोपमा सलामेहले दुई वर्षदेखि न्यायिक अनुसन्धानको सामना गर्नुपरेको छ ।

उनी फ्रान्स र जर्मनीको खोजीको सूचीमा रहेका छन् र अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले पनि उनको गिरफ्तारीका लागि रेड नोटिस जारी गरेको छ । तर लेबनानले आफ्ना नागरिकहरूलाई सुपुर्दगी गर्दैन ।

एक युरोपेली कूटनीतिक स्रोतले एएफपीलाई बताएअनुसार सलामेहविरुद्ध चाँडै नै पेरिसमा मुद्दा चलाइने छ ।

सन् २०२२ को मार्चमा फ्रान्स, जर्मनी र लक्जेम्बर्गले उनको १२ लाख युरो (१३ लाख ५० हजार अमेरिकी डलर) बराबरको सम्पत्ति जफत गरेका थिए ।

गत फेब्रुअरीमा लेबनानमा पनि सलामेहमाथि भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण र कर छलीको आरोप लागेको थियो ।

स्विट्जरल्यान्डका सरकारी अभियोजकले सलामेह र उनका भाइले ३० करोड अमेरिकी डलरभन्दा बढीको आर्थिक सहयोग गरेकोमा अनुसन्धान गरिरहेका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ४ : ०९ बजे

सत्ता समीकरणमा कुनै असमझदारी छैन : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल

हात्तीको २ दारासहित ३ जना पक्राउ

वीरगन्ज– पर्सा जिल्लाको पश्चिमी भेगबाट प्रहरीले हात्तीको दुईवटा दारा सहित

विकासको राजनीतिमा विश्वास गर्छु : विनोद चौधरी

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले

मधेश प्रदेशसभाबाट ‘बालिका संरक्षण ऐन २०८१’ विधेयक पारित

जनकपुरधाम– मधेश प्रदेशसभामा बालिका संरक्षण ऐन २०८१ पारित भएको छ

इटालीको डुंगा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो

एजेन्सी– इटालीको तटरक्षकले यस हप्ताको सुरुमा दक्षिणी तटमा भएको आप्रवासी