आलु बिक्रीबाटै मनग्य आम्दानी  « Khabarhub

आलु बिक्रीबाटै मनग्य आम्दानी 


१५ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

रोल्पा– गंगादेव गाउँपालिकाका किसानलाई यतिबेला आलु स्याहार्न भ्याइनभ्याइ छ । उनीहरूको दैनिकी बिहानैदेखि बेलुकासम्म आलु खन्ने र प्याकिङ गर्नमै बित्ने गरेको छ । आजभोलि कोही आलु खनेर बोरामा प्याकिङ गर्न त कोही गर्न मोटर बाटोसम्म बोरा ओसार्न व्यस्त देखिन्छन् । 

यहाँ माघ–फागुनमा रोपेको आलु जेठ अन्तिम साताबाटै खन्न सुरु भइसकेको छ । यहाँ हिउँदे र वर्षे गरी दुई किसिमको आलु उत्पादन हुन्छ । सिँचाइको पहुँच भएका ठाउँमा  माघको पहिलो हप्तादेखि आलु खेती गरिन्छ भने सिँचाइको पर्याप्त सुविधा नहुने स्थानमा  फागुन अन्तिम र चैतको पहिलो हप्तादेखि आलु खेती गरिने किसानको भनाइ छ ।

बाली स्याहार्न धेरै दुःख नहुने र छोटो समयमै उत्पादन दिनुका साथै  आम्दानी पनि राम्रो हुने भएकाले गंगादेव गाउँपालिकाका अधिकांश किसान आलु खेतीतर्फ आकर्षित छन् । आलुले सामान्यतयाः ९० दिनमा प्रतिफल दिन सुरु गरिसक्छ ।

गंगादेव–३ का किसान पार्वती केसीलाई पनि वर्षभरिको घर खर्चको जोहो आलु खेतिबाटै हुन्छ । ‘हामिले घर खर्च चलाउने भनेकै आलुखेती हो । आलु किन्न व्यापारी घरमै आउँछन् बेच्नका लागि कुनै समस्या छैन’, केसीले भने । गंगादेव गाउँपालिकाका सबै वडामा आलु खेती राम्रो हुने भए पनि वडा नं. ३ आलुखेतीका लागि राम्रो मानिन्छ । 

आलु यहाँको मुख्य नगदेवाली भएकाले गाउँपालिकाको कृषि शाखाले आलु खेती विस्तार, बजारीकरणलगायतमा सहयोग गर्दै आएको गाउँपालिकाका कृषिशाखा प्रमुख टीका रामवलीले भने । यहाँ प्रत्येक किसानले न्यूनतम ३० देखि बढीमा दुई सय २० क्विन्टलसम्म आलु उत्पादन गर्ने गरेको उनको भनाइ छ । 

जेठ पहिलो सातादेखि हालसम्म यहाँबाट करिब १९ हजार क्विन्टल आलु बाहिर गइसकेको छ । यसपटक गंगादेवमा करिब ४० हजार क्विन्टल आलु फलेको र असोजसम्म सबै आलु बाहिरिसक्ने गाउँपालिकाका कृषि विकास शाखा प्रमुख वलीको भनाइ छ । यसपटक करिब रु १२ करोड बराबरको आलु बिक्री हुने अपेक्षा गरिएको उनले बताए । 

यहाँ उत्पादन हुने आलु दाङ, बुटवल, पोखरा र काठमाडौँसम्म पुग्ने गरेको छ । गंगादेवगाउँपालिकाले विशेष त आलु पकेट क्षेत्र, आलु ब्लक कार्यक्रम जिल्ला, आलु विकास कार्यक्रम खुमलटारसँगको समन्वयमा काम गर्दै आएको छ । गाउँपालिकाले चालु आवमा विज्ञ नै बोलाएर तालिम समेत दिने योजना बनाएको छ । 

गंगादेव गाउँपालिकामा आलु बीउका लागि रष्ट्रिक स्टोरको समस्या भएको हुदा आलुको बीउ सुधारका लागि विभिन्न खालका रष्ट्रिक स्टोर निर्माण गर्ने र किसानलाई बीउ सुधारको लागि नयाँ आलुको मूल तथा उन्नत बीउको पहिलो पुस्ता नै वितरण गर्ने लक्ष्य लिइएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर पुनले बताए । 

उनले आलुको उत्पादन बढाउन ठाउँमा सिँचाइका पहुँच पुर्‍याउने समेत लक्ष्य लिइएको बताए। ‘गङ्गादेव गाउँपालिकाले कृषिलाई विशेष प्राथामिकता दिएको छ । लुम्बिनी प्रदेशभरि यहाँको आलुको चर्चा हुने गरेको छ’, उनले भने । 

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ४ : ५० बजे

कांग्रेसलाई एकताबद्ध बनाउन जरुरी छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध बनाउन

ट्राफिक प्रहरीको ‘सप्राइज चेकिङ’ : ५७२ सवारी चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज

आईपीएल : वैभवको विष्फोटक ब्याटिङमा हैदराबादलाई राजस्थानले दियो २२९ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३६औँ खेलमा राजस्थान

मनोहरामा सुकुम्बासी बस्ती हटाउन पुगेको टोलीमाथि ढुंगामुढा, १९ सुरक्षाकर्मी घाइते

भक्तपुर – भक्तपुरको मनोहरा नदी किनार क्षेत्रमा सुकुम्बासी बस्ती हटाउन

रास्वपा सांसद पोखरेलले शिक्षकमाथि दुर्व्यवहार गरेको भन्दै शिक्षक महासङ्घको आपत्ति

काठमाडौं – नेपाल शिक्षक महासङ्घले प्रतिनिधि सभा निर्वाचनबाट ओखलढुङ्गा जिल्लाबाट