पाकिस्तानमा न्यायाधीशको घरमा काम गर्ने १४ वर्षीया बालिकालाई यातना दिइएको खुलासा « Khabarhub

पाकिस्तानमा न्यायाधीशको घरमा काम गर्ने १४ वर्षीया बालिकालाई यातना दिइएको खुलासा


१५ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– पाकिस्तानमा न्यायाधीशको घरमा काम गर्दै आएकी १४ वर्षे नाबालिगलाई यातना दिइएको घटना सार्वजनिक भएको छ । घटना पाकिस्तानको सरगोधा क्षेत्रमा भएको हो ।

पाकिस्तान पाकिस्तानी समाचार संस्था जियो न्युजका अनुसार न्यायाधीश असिम हफिजको घरमा काम गर्दै आएकी १४ वर्षीया बालिकालाई कुटपिट गरी गम्भीर घाइते बनाएको घटना सार्वजनिक भएको हो ।

ती नाबालिगलाई न्यायाधीशकी श्रीमतीले यातना दिएको र दुर्व्यवहार गरेको जनाइएको छ । पीडितका अभिभावकका अनुसार गहना चोरी गरेको आरोपमा न्यायाधीशकी श्रीमतीले ती नाबालिगलाई मुङ्ग्रोले कुटपिट गरेकी थिइन् ।

कुटपिटपछि अवस्था गम्भीर भएपछि न्यायाधीशकी श्रीमतीले पीडितलाई उनकै अभिभावकको घरअघि लगेर छाडेकी थिइन् । कुटपिटबाट घाइते भएकी नाबालिगलाई अस्पताल भर्ना गरिएको छ ।

ती नाबालिगलाई घरेलु कामदारका रुपमा न्यायाधीशको घरमा पठाएको आरोपमा प्रहरीले मुख्तार नाम गरेका एक जनालाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  १ : १५ बजे

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा