धनगढीबाट लागूऔषधसहित दुई जना पक्राउ | Khabarhub Khabarhub

धनगढीबाट लागूऔषधसहित दुई जना पक्राउ


१५ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीको धनगढीबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। आइतबार धनगढीका छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित दुई जना पक्राउ परेका हुन्। 

धनगढी उपमहानगरपालिका-२ का २७ वर्षीय योगेश कुँवर र वडा नम्बर १ का २६ वर्षीय कुनाल खड्कालाई ३ सय ५० मिलिग्राम लागूऔषधसहित धनगढी उपमहानगरपालिका-२ सन्तोषी टोलबाट पक्राउ परेका छन्।

जोशिपुर गाउँपालिका-६ सिमरीका १९ वर्षीय अर्जुन बडायक ३ सय मिलिग्राम लागूऔषधसहित पक्राउ परेका छन्। टीकापुर नगरपालिका-७ का २० वर्षीय रामसुरेश चौधरी १ ग्राम लागूऔषधसहित भजनी नगरपालिका-५ कव्वाखेडा घाटबाट पक्राउ परेका छन्। त्यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिका-७ चम्मन चौराहाबाट पनि लागूऔषधसहित थप एक जना पक्राउ परेका छन्।

एक सय मिलिग्राम लागूऔषधसहित कृष्णपुर नगरपालिका-७ सिगलपट्टीका २४ वर्षीय विकास विकलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय गुलरिया, इलाका प्रहरी कार्यालय रैकवार र अस्थायी ट्राफिक प्रहरी पोष्ट गुलरियाबाट खटिएको संयुक्त टोलीले से. ५ प ७९९९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक बिकलाई लागूऔषधसहित पक्राउ गरिएको हो।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ५ : ४८ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास