दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


१५ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा बस्दै नबसी प्रतिनिधिसभाको बैठक स्थगित, सुन प्रकरणको अनुसन्धान जरैसम्म पुगेर गरिने, राजनीतिलाई दूषित बनाउनु हुन्न स् अध्यक्ष ओली, पार्टी कार्यालय सार्न महानगरसँग राप्रपाले माग्यो ३५ दिन, संसदीय समितिबारे रास्वपाबाट प्रधानमन्त्रीको ध्यानाकर्षणलगायतका समाचारले प्रमुख स्थान पाए ।

बस्दै नबसी प्रतिनिधिसभाको बैठक स्थगित

प्रतिनिधिसभाको आजको बैठक बस्दै नबसी स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एक क्विन्टल सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन सरकारले प्रतिबद्धता जनाउनुपर्ने अडान लिएपछि सोमबार डाकिएको बैठक स्थगित भएको हो ।

सुन प्रकरणको अनुसन्धान जरैसम्म पुगेर गरिन्छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन प्रकरणलाई अन्तिम निष्कर्षमा पुर्‍याउने बताए । प्रधानमन्त्री प्रचण्डले उक्त प्रकरणको जरैसम्म पुगेर छानविन गर्ने र दोषी देखिएका सबैलाई कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाए ।

राजनीतिलाई दूषित बनाउनु हुन्न : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिलाई दूषित बनाउन नहुने बताएका छन् ।

सोमबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आयोजित युगदूत विमोचन तथा स्रष्टा भेटघाट कार्यक्रममा अध्यक्ष ओलीले सबै नीतिहरुको मुहान राजनीति भएकाले यसलाई दूषित बनाउन नहुने बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्ड र प्रमुख दलका प्रमुख सचेतकबीच छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा विभिन्न राजनीतिक दलका मुख्य सचेतकसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा सरकारले अगाडि बढाएका महत्वपूर्ण विधेयकको प्रक्रिया अगाडि नबढेकोमा चासो व्यक्त गर्दै प्रधानमन्त्रीले संसद्को काम कारबाहीलाई थप प्रभावकारी बनाउन आग्रह गरेका हुन् ।

सुनकाण्डमा पक्राउ परेका बेल्जियन नागरिक दावासँग कुनै सम्बन्ध छैन : वर्षमान

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकारले सञ्चालन गरेको भ्रष्टाचार, बेथिति र अनियमितताविरोधी अभियान रोकिन नहुने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको पार्टी पदाधिकारी बैठकमा विशेष समय लिएर बोल्दै पुनले भ्रष्टाचार, तस्करी र अनियमिततामा संलग्न कसैलाई उन्मुक्ति हुन नहुने बताए ।

संसदीय समितिबारे रास्वपाबाट प्रधानमन्त्रीको ध्यानाकर्षण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले संसदीय समितिको सभापति चयनका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।

आज प्रधानमन्त्री निबास बालुवाटार पुगेर उनीहरुले लामो समयदेखि संसदीय समिति नेतृत्वविहीन रहेकाल समिति प्रभावकारी नभएको भन्दै प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका हुन् ।

मधेस प्रदेश सरकारका दुई मन्त्रीले दिए राजीनामा

मधेस प्रदेश सरकारका दुई मन्त्रीले पदबाट राजीनामा दिएका छन् । प्रदेश सरकारका बिनाविभागीय मन्त्री वसन्त कुशवाहा र बिना विभागीय राज्यमन्त्री सञ्जयकुमार यादवले आज मुख्यमन्त्री सरोजकुमार यादव समक्ष राजीनामा बुझाएका हुन् ।

उनीहरु दुवै जना जनमत पार्टीका तर्फबाट सरकारमा सहभागी थिए ।

पार्टी कार्यालय सार्न महानगरसँग राप्रपाले माग्यो ३५ दिन

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले केन्द्रीय कार्यालय सार्न काठमाडौं महानगरपालिकासँग ३५ दिनको समय माग गरेको छ। महानगरलाई पत्र लेखेर कार्यालय सार्न राप्रपाले ३५ दिन माग गरेको हो।

बिजुलीको हाइटेन्सन लाइन मुनी रहेको पार्टी कार्यालय महानगरले हटाउने तयारी गरेपछि राप्रपाले समय मागेको महानगरले जनाएको छ।

नेपालको हवाई सेवालाई अझै विश्वसनीय र सेवामुखी बनाउन आग्रह

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाले सञ्चालन गरिरहेको हवाई सेवालाई अझ विश्वसनीय र सेवामुखी बनाउन आग्रह गरेका छन् ।

नेपाली सेनाले सञ्चालन गरेको सैनिक हवाई सेवाअन्तर्गतको मध्य एयरबेसको निरीक्षण गर्दै उनले सेनाले सञ्चालन गरिरहेको हवाई सेवा अरुभन्दा भिन्न रहेको बताए ।

‘श्रमिक होइन, सूचना प्रविधिसम्बन्धी सेवा निर्यात गर्न चाहन्छौँ’
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिसम्बन्धी उद्योगमा वैदेशिक लगानीको सीमा यसै वर्षदेखि हटाइएको बताएकी छन् । एकीकृत विकास अध्ययन संस्थाले आज यहाँ आयोजना गरेको ‘नेपालमा सूचना प्रविधिको वृद्धि’ विषयक कार्यक्रममा उनले सरकारले सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको छ भनिन् ।

स्वास्थ्य नीति लागू गराएरै छाड्छु: मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य नीति लागू गराएरै छाड्ने बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित धुलिखेल अस्पतालद्वारा आज आयोजित दोस्रो ‘आधारभूत जीवन सहयोग’ दिवसमा उनले यसअघि स्वास्थ्य क्षेत्रको प्रयास अपर्याप्त भएकाले स्वास्थ्य नीति लागू गराएर द्रूत गतिमा काम आफ्नो प्रयास रहने बताए ।

शिक्षक सेवा आयोग प्रावि तहको परीक्षा मिति सर्‍यो
शिक्षक सेवा आयोग प्रावि तह दोस्रो पत्रको परीक्षा मिति परिवर्तन गरिएको छ। असोज ६ गतेका लागि तय भएको परीक्षाको मिति परिवर्तन गरिएको शिक्षक सेवा आयोगले जनाएको छ।

लोकसेवा आयोगको खरिदार पदको परीक्षासँग मिति जुधेकाले मिति परिवर्तन गर्नुपरेको आयोगले जारी गरेको सूचनामा उल्लेख छ।

कोटहीमाई गाउँपालिकाका इन्जिनियरवविरुद्व भ्रष्टाचार मुद्दा दर्ता
रूपन्देहीको कोटहीमाई गाउँपालिकाका इन्जिनियर अरविन्द कुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। सेवाग्राहीबाट घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको हो।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार इन्जिनियर यादवविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

मोरङमा डेङ्गुबाट आठ सय ६५ जना सङ्क्रमित
मोरङ जिल्लामा डेङ्गु रोगको असर दिनप्रति दिन वृद्धि हुँदै गएको छ । विराटनगरस्थित जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत असार १ गतेदेखि हालसम्म जिल्लाभर आठ सय ६५ जना डेङ्गुबाट सङ्क्रमित भैसकेका छन् । पथरीशनिश्चरे नगरपालिकामा छ सय ५० जना यो रोगका बिरामी फेला परेका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ९ : ०१ बजे

उपप्रधानमन्त्री लामिछानेले जवाफ दिएपछि गगन थापाले बोल्ने कांग्रेसको प्रस्ताव

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आइतबार बस्न लागेको संसद् बैठकमा उपप्रधान

‘तिब्बतीयन मुस्ताङ अ कल्चरल रेनेसा’ सार्वजनिक

काठमाडौं– मुस्ताङमा दुई दशक बिताएका इटालियन नागरिक लुइगी फेइनी र

धनुषाबाट चार जना किशोर किशोरीको उद्धार

धनुषा– धनुषाबाट चार जना किशोर किशोरी उद्धार गरिएको छ ।

सूचना प्रविधिको क्षेत्रबाट मूल प्रवाहमा जोडिँदै कर्णाली

काठमाडौं– भौतिक विकासबाट पछाडि परेको कर्णाली प्रदेशलाई सूचना प्रविधिको क्षेत्रबाट

सहमतिमै संसद् खोल्नुपर्छ, नत्र ठूलो संकटमा परिन्छ : माधव नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले संसदलाई सहज ढंगले