चीनको पीएमआई ४ महिनादेखि निरन्तर ओरालो « Khabarhub

चीनको पीएमआई ४ महिनादेखि निरन्तर ओरालो


१५ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- यस वर्षको जुलाई महिनामा चीनको विनिर्माण क्षेत्र थप सङ्कुचित भएको तथ्याङ्क सार्वजनिक भएको छ । विगत चार महिनादेखि यो निरन्तर ओरालोमा छ ।

चीनको नेशनल ब्यूरो अफ स्टाटिस्टिक्स (एनबीएस) का अनुसार ‘म्यानुफ्याक्चरिंग पर्चेजिङ म्यानेजर इन्डेक्स (पीएमआई)’ ४९.३ मा झरेको छ । यो विस्तार र सङ्कुचनलाई छुट्याउने ५० अङ्कभन्दा कम हो ।

निर्माणसम्बन्धी गतिविधि जुलाईमा जूनको ४९।० को तथ्याङ्कभन्दा सामान्य बढी भए पनि यसमा सामान्य वृद्धि भएको छ । यो वृद्धि ब्लुमबर्ग सर्वेक्षणको पूर्वानुमानभन्दा राम्रो देखिएको छ ।

एनबीएसका तथ्याङ्कविद् झाओ किङ्हेले भने, “विनिर्माण समृद्धिको समग्र स्तरमा सुधार भइरहेको छ ।”

चीनले कोभिड–१९ पछिको पुनरुत्थानको गति कम हुँदै जाँदा र उपभोक्ताको खर्चमा आएको सुस्तताका कारण आर्थिक वृद्धिमा सुधार ल्याउन सङ्घर्ष गरिरहेको छ ।

सेवा र निर्माण क्षेत्रमा व्यावसायिक भावना मापन गर्ने गैर–विनिर्माण पीएमआई जुनमा ५३.२ प्रतिशत रहेकोमा जुलाईमा ५१.५ प्रतिशत विन्दुमा झरेको छ । यसो हुनुमा चिनियाँ पुँजी बजार सेवाहरू र रियल इस्टेटका गतिविधिमा आएको सङ्कुचन जिम्मेवार रहेको देखिएको छ ।

हालैका महिनाहरूमा निराशाजनक आर्थिक तथ्याङ्कहरूले अधिकारीहरूलाई नयाँ आर्थिक समर्थन उपायहरू अनावरण गर्न उत्प्रेरित गरेको छ ।

सरकारले सोमबार उपभोग बढाउन २० बुँदे योजना सार्वजनिक गरेको छ, जसमा आवासको माग, संस्कृति र पर्यटन क्षेत्र र विद्युतीय सवारी जस्ता हरित खपतका लागि थप सहयोग समावेश छन् ।

यसै महिना चीनले दोस्रो त्रैमासिकमा आफ्नो अर्थतन्त्र ६.३ प्रतिशतले वृद्धि भएको बताएको थियो, जुन विश्लेषकहरूको सर्वेक्षणको आधारमा एएफपीले गरेकोे ७.१ प्रतिशतको प्रक्षेपणभन्दा निकै कमजोर थियो ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  २ : ५१ बजे

दाङमा मुटुको ‘एन्जियोप्लाष्टि’ सेवा सुरु

तुलसीपुर– दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुको एनजियोप्लाष्टि सेवा

एमसीसीमै अमेरिकी विशेष दूतको चासो, दुई मन्त्रीलाई भेटेर के के भने ?

काठमाडौं– दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी विशेष दूत सर्जिओ

कविता : भो ! नजाऊ लुम्बिनी

भत्काएर बुद्धका वाणी पुज्ने गुम्बा,भुइँभरी छरेर बुद्धका मूर्ति,किन जान्छौ ?बुद्धको

अन्तर्राष्ट्रिय श्रमिक दिवस : ट्रेड युनियन अधिकारबारे विमर्श

काठमाडौं– पेसागत महासङ्घ नेपालले १३८औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा ‘ट्रेड