उत्पादन बढे पनि जुटको मूल्यमा गिरावट | Khabarhub Khabarhub

उत्पादन बढे पनि जुटको मूल्यमा गिरावट


१४ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

मोरङ– पूर्वी तराई क्षेत्रमा पछिल्लो समय जुटको उत्पादन बढ्दै गएको छ । उत्पादन बढे पनि जुटको मूल्यमा भने गिरावट आएको छ ।

आर्थिक वर्ष २०७८–७९ मा मोरङमा सात हजार तीन सय ५१ दशमलव ५० मेट्रिक टन जुट उत्पादन भएको थियो । आव २०७९–८० मा सात हजार चार सय नौ दशमलव ५० मेट्रिक टन जुट उत्पादन भएको थियो । विगत वर्षमा भन्दा यस वर्ष उत्पादन बढेको कृषि ज्ञान केन्द्र विराटनगरका प्रमुख रामदेव सिंहले बताए । 

मोरङमा विगतका वर्षमा प्रति हेक्टर एक दशमलव ४५ मेट्रिक टन जुट उत्पादन भएको तथ्याङ्क छ । यस वर्ष उत्पादन बढेर प्रति हेक्टर एक दशमलव ५० मेट्रिक टन पुग्ने प्रमुख सिंहको भनाइ छ । आव २०७८–७९ मा जुटको मूल्य प्रतिक्विन्टल ११ हजार थियो । 

गत आर्थिक वर्षमा जुटको मूल्य प्रतिक्विन्टल नौ हजार थियो भने यस वर्ष घटेर जुटको मूल्य प्रतिक्विन्टल आठ हजार तीन सय पुगेको ज्ञान केन्द्रले जनाएको छ ।

कोशी प्रदेशमा छ हजार नौ सय ६२ हेक्टर जमिनमा जुट खेती गरिन्छ । गत वर्ष सो जमिनमा नौ हजार नौ सय नौ सय १५ दशमलव ५० मेट्रिक टन जुट उत्पादन भएको प्रमुख सिंहले बताए ।

प्रदेशभित्र अन्य जिल्लाको तुलनामा झापा, मोरङ र सुनसरीमा जुटको खेती बढी गर्ने गरिएको छ । ज्ञान केन्द्रका अनुसार मोरङका १७ पालिकामध्ये धनपाल, जहदा, ग्रामथान, कानेपोखरी गाउँपालिका र सुनवर्षी, रतुवामाई र रङ्गेली नगरपालिकामा जुट खेती गर्ने गरिएको छ । 

जुट खेतीको मुख्य समस्या खाडल रहेकाले गत वर्ष मोरङका ३० किसान परिवारलाई जुट प्रवर्द्धन कार्यक्रमअन्तर्गत २० हजारका दरले खाडल खन्न सहयोग गरिएको कार्यालयले जनाएको छ । 

मोरङमा पाँच हजार ७० हेक्टर जमिनमा जुटको खेती गरिन्छ । झापामा पाँच सय ५० हेक्टर र सुनसरीमा एक हजार तीन सय ३२ हेक्टर जमिनमा खेती गरिने कृषि ज्ञान केन्द्रले जनाएको छ । 

नेपालमा उत्पादित जुट सबै स्वदेशमै खपत हुन्छ । नेपालमा भारत र बङ्गलादेशबाट जुट आयत हुने गरेको छ । नेपालमा उत्पादन हुने जुटलाई तीन वर्गमा विभाजन गरिएको छ । 

रातो खैरो रङको जुटलाई एक नम्बर, सेतो रङको जुटलाई दुई नम्बर र कालो रङको जुटलाई तीन नम्बरमा विभाजन गरिएको छ । 

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार  ११ : २३ बजे

राईजिङ स्टार क्रिकेट एकेडेमीले ‘यु–१४ टि–२० ब्वाइज ओपन क्रिकेट टुर्नामेन्ट’ को आयोजना गर्ने 

काठमाडौं– राईजिङ स्टार क्रिकेट एकेडेमीले यु–१४ टि–२० ब्वाइज ओपन क्रिकेट

सुनील पौडेललाई एक लाख धरौटीमा छाड्न विशेष अदालतको आदेश

काठमाडौँ – विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी

विप्लवले भने- बाह्य शक्तिको दबाब झेल्न नसकेपछि सरकार एमसीसी स्वीकार्न बाध्य भयो

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले मिलेनियम

नेपाल र भियतनामबीचको सम्बन्ध अझ प्रगाढ बनाउन छलफल

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेकी समाजवादी

प्रचण्डले भने- माओवादी र दलाल, नोकरशाही, बिचौलिया सँगसँगै रहन सक्दैनन्

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई