जनैपूर्णिमा र रक्षाबन्धनका अवसरमा पशुपतिनाथमा घुइँचो « Khabarhub

जनैपूर्णिमा र रक्षाबन्धनका अवसरमा पशुपतिनाथमा घुइँचो


१४ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनैपूर्णिमा एवं रक्षाबन्धन पर्वका अवसरमा पशुपतिनाथलगायत देशभरका मठ मन्दिरमा नवयज्ञोपवीत फेर्ने एवं डोरो बाँध्ने भक्तजनको घुइँचो लागेको छ ।

यस पर्वका अवसरमा तागाधारीले नजिकैको नदी, खोला, पोखरी, ताल, तलाउमा गई विधिपूर्वक स्नान गरेर नवयज्ञोपवीत धारण गरी डोरो बाँध्ने गर्छन् । अन्यले भने डोरो बाँधेर यो पर्व मनाउने गरेका छन् ।

वाग्मती नदीको तीरमा रहेको पशुपतिनाथ, गोकर्णेश्वर, बराहकर्णेश्वर, कुम्भेश्वरलगायत मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

यसैगरी वसन्तपुर दरबार क्षेत्रको अशोकविनायक मन्दिर क्षेत्र, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथका नामले चिनिने मक्खन महादेव मन्दिरलगायतमा पनि बिहानैदेखि भक्तजनको भीड घुइँचो लागेको छ ।

यी स्थलमा ब्राह्मण एवं पुरोहित डोरो बाँध्ने र नयाँ जनै फेराउने गरिरहेको देखिन्छ । कतिले घरमै विधिपूर्वक स्नान गरेर यज्ञोपवीत र डोरो बाँधेर यो पर्व मनाउँछन् ।

पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा बिहान ३ बजेदेखि नै भक्तजनको घुइँचो लागेको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए ।

पशुपति क्षेत्रका विभिन्न स्थानमा बसेका ब्राह्मणसँग नव यज्ञोपवीत धारण गर्न र डोरो बाँध्न भक्तजनको लाम लागेको उनको भनाइ छ ।

पशुपति क्षेत्रका गुह्येश्वरी, चन्द्रविनायकका नामले चिनिने चावहिल गणेशलगायत ठूला, साना मन्दिरमा पनि डोरो बाँध्ने र नयाँ जनै फेर्ने भक्तजनको घुइँचो लागेको छ । यस अवसरमा राजधानी र देशका अन्य ठूला, साना मन्दिरमा पनि भक्तजनको घुइँचो लागेको छ ।

प्रत्येक वर्ष मनाइने यो पर्वमा रक्षाबन्धन अर्थात् डोरो बाँध्ने कर्म गरेपछि मानिस विभिन्न नकारात्मक शक्तिबाट सुरक्षित हुने धार्मिक विश्वास छ ।

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन यो पर्व मनाइन्छ । यसै दिन विश्व संस्कृत दिवस पनि मनाउन थालिएको छ । जरोकिलो प्रतिष्ठानले श्रावण शुक्ल पूर्णिमा र ऋषितर्पणी पर्वको अवसर पारेर विश्व संस्कृत दिवस मनाउन थालेको हो ।

यस अवसरमा विभिन्न नौ वा ११ किसिमका गेडागुडी भिजाएर टुसा उमारी तयार हुने क्वाँटी पकाएर खाइन्छ । यसले वर्षाभर शरीरमा गाडिएको चिसो निकाली स्वस्थ बन्न मद्दत पुग्ने आयुर्वेद शास्त्रीय विश्वास रहेको छ ।

यस पर्वका अवसरमा रसुवाको गोसाइँकुण्ड, सिन्धुपाल्चोकको पाँचपोखरी र नौलिङ्गेश्वर कुण्ड, सोलुखुम्बुको दूधपोखरी, देवघाट, रिडी, त्रिवेणीलगायत स्थानमा मेला लागेको जनाइएको छ । केहीले भने हिजो नै रक्षाबन्धन पर्व मनाएका छन् ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भने जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा पर्व आजै मनाउनु शास्त्रसम्मत रहेको जनाएको छ । हिजो भद्रा परेकाले यो पर्व मनाउन नहुने योग परेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

शुक्रबार प्रतिपदा तिथि नरहेकाले प्रत्येक वर्ष भाद्रकृष्ण प्रतिपदाका दिन मनाइने गाईजात्रा पनि आजै परेको उनको भनाइ छ । आज बिहान ७ः४५ बजेसम्म पूर्णिमा र त्यसपछि प्रतिपदा तिथि लाग्ने समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) मा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार  १२ : १३ बजे

२००८ पछि जन्मेकाले बेलायतमा जीवनभर चुरोट किन्न नपाउने

लन्डन- बेलायतले भावी पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै दीर्घकालीन

सम्भावित एकताका लागि सुदन र हर्क छलफलमा

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र प्रलोपा छोडेर

मानव–वन्यजन्तु द्वन्द्व अन्त्य गर्न ‘बाघ मित्र’अभियान

बागमती– बाघलगायत वन्यजन्तुबाट हुने क्षतिका घटना घटाउन पर्सा राष्ट्रिय निकुञ्जले

होर्मुज खुलाउन इरानद्वारा अस्वीकार

तेहरान– अमेरिकी नौसेनाको नाकाबन्दी जारी रहेसम्म विश्वकै अत्यन्त संवेदनशील तेल

बालेन सरकारले उल्ट्यायो ओली सरकारको निर्णय, एकेडेमीको जग्गा प्रहरीलाई नै फिर्ता

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकारले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा