उदयपुरका नेवार समुदाय लाखे नाच संरक्षणमा « Khabarhub

उदयपुरका नेवार समुदाय लाखे नाच संरक्षणमा


१४ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

उदयपुर– जिल्लाको त्रियुगा नगरपालिका, कटारी, चौदण्डीगढी र बेलका नगरपालिका क्षेत्रमा बसोबास गर्ने नेवार समुदायले प्रत्येक वर्ष मनाउँदै आएको लागे जात्रा आज जनै पूर्णिमादेखि मनाउन  सुरु गरेका छन् ।

नेवा पुचका जिल्ला सचिव गोपाल श्रेष्ठका अनुसार यो नाच नेवार समुदाय बसोबास गर्ने सबै क्षेत्रका आआफ्ना गाउँमा साउन कृष्ण अष्टमीसम्म प्रदर्शन गरिन्छ ।

उनका अनुसार आज त्रियुगा नगरपालिका क्षेत्रको गाईघाट, जोगिदह, चौदण्डीगढीको बेल्टार, बेलका नगरपालिकाको रामपुर लालबजार र कटारी नगरपालिकाको कटारी बजारमा लाखे नाच प्रदर्शन गरिएको छ ।

उक्त समुदायका घरमा यसअघि मृत्यु भएका व्यक्तिको सम्झनामा घरबाट लाखे नाच सुरु गर्ने गरिएको नेवा पुचका अध्यक्ष हरि श्रेष्ठले बताए। पहाडी क्षेत्रको खोटाङ, भोजपुर, ओखलढुङ्गा, काठमाडौँ, ललितपुर र भक्तपुरबाट बसाइँसराई गरेर कटारी, गाईघाट, चौदण्डीगढीको बेल्टार क्षेत्रमा बसोबास गर्दै आएका नेवार समुदायले यो पर्वलाई निरन्तरता दिएका हुन् ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार  २ : ३० बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै