सरकारले राम्रो काम गर्दागर्दै कसले हटाउँदोरहेछ भनेर जनताले हेरिरहेका छन् : प्रधानमन्त्री « Khabarhub

सरकारले राम्रो काम गर्दागर्दै कसले हटाउँदोरहेछ भनेर जनताले हेरिरहेका छन् : प्रधानमन्त्री


१४ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले राम्रो काम गर्दागर्दै कसले हटाउँदोरहेछ भनेर जनताले हेरिरहेको टिप्पणी गरेका छन् ।

सुर्खेतमा बिहीबार आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै उनले यो सरकार कतिसम्म चल्छ भन्ने आफूलाई कुनै टेन्सन भएको पनि बताए । उनले आफूले राम्रो काम गरिरहेको र राम्रो गर्दागर्दै पनि कसले हटाउँदो रहेछ भनेर जनताले हेरिरहेको उनको भनाइ छ ।

कार्यक्रममा उनले भ्रष्टाचार र अनियमितताको छानबिन गर्दा आफूसहित माओवादीका नेताहरु दोषी देखिए नछाड्न नेपाल प्रहरीको केन्द्रीय अनुसनधान ब्युरो (सीआईबी) लाई निर्देशन दिएको बताए । उनले भ्रष्टाचार काण्डहरुको छानबिनमा आफ्ना पार्टीका नेताहरुमाथि छानबिन नगर्न सीआईबीलाई दबाब नदिएको बताउँदै दोषी देखिए आफ्ना नेता र आफूलाईसमेत नछाड्न भनेको बताए ।

‘माओवादी र प्रचण्डले आफ्नो मान्छे जोगाउँछ कांग्रेस र एमालेका मान्छेहरुलाई हान्छ भनेर निकै हल्ला भयो । मैले सीआईबीलाई यदि दोषी देखिन्छ भने माओवादीको जोसुकै नेता भएपनि गर्दाजाँदा बाटोमा प्रचण्ड देखियो भने त्यसलाई पनि नछोड भनिसकेको छु,’ प्रधानमन्त्री प्रचण्डले भने ।

 

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार  ४ : ४३ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन