सवारी दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु « Khabarhub

सवारी दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु


१४ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीको धनगढीमा सवारी दुर्घटनामा परेका एक जनाको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ७ कनरीमा मोटरसाइकल दुर्घटनामा परेर बझाङका चक्रबहादुर बोहरा घाइते भएका थिए। 

मंगलबार राति कनरीबाट धनगढी आउँदै गरेको सुपप्र ०१००८ प ५७६५ नम्बरको मोटरसाइकलमा सवार बोहरा दुर्घटनामा घाइते भएका थिए।

उनको उपचारका क्रममा सेती अस्पतालमा मृत्यु भएको हो। कैलाली प्रहरीका अनुसार ३५ वर्षीय बोहराको घर बझाङको केदारसियू गाउँपालिका वडा नम्बर ५ हो। मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको कैलाली प्रहरीले बताएको छ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार  ५ : २२ बजे

‘रुपान्तरणसँगै कांग्रेसमा उत्साह छ, असन्तुष्टि मिलाउँछौं’

फागुन २१ मा हुने निर्वाचनको सरगर्मी देशभर फैलिसकेको छ। सबै

सुनको मूल्यमा एकै दिन २० हजार ५ सय रुपैयाँले वृद्धि, प्रतितोला ३ लाख ४० हजार नजिक

काठमाडौं– नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको

दरबारमार्गको एक होटलमा आगलागी (फोटो फिचर)

काठमाडौं – काठमाडौँको दरबारमार्ग क्षेत्रमा रहेको एक होटलमा आगलागी भएको

स्कुटर दुर्घटनामा एक युवतीको मृत्यु

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा आज बिहान स्कुटर दुर्घटना हुँदा

पिएजी र न्युक्यासल च्याम्पियन्स लिगको प्लेअफमा

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पिएसजी) र न्युक्यासल युनाइटेड दुवै