मुलुकको विकासका लागि सबै मित्रराष्ट्रहरुको सहयोग चाहिन्छ : पूर्वअर्थमन्त्री पाण्डे | Khabarhub Khabarhub

मुलुकको विकासका लागि सबै मित्रराष्ट्रहरुको सहयोग चाहिन्छ : पूर्वअर्थमन्त्री पाण्डे


१४ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले मुलुकको विकासका लागि सबै मित्रराष्ट्रहरुको सहयोग चाहिने बताएका छन् । काठमाडौँको नयाँ बानेश्वरस्थित एभरेस्ट होटेलमा बिहीबार इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च आईएसएसआरले आयोजना गरेको ‘साना राष्ट्रको क्षमता : प्रतिस्पर्धाको परख र नेपालको परराष्ट्र नीतिका प्राथमिकता’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै पूर्वअर्थमन्त्री पाण्डेले विकासका लागि सबै मित्रराष्ट्रहरुको सहयोग चाहिने बताएका हुन् ।

कार्यक्रममा उनले अध्ययनका लागि युवाहरुलाई विदेश जानबाट रोक्न मुलुकमै ठूला र स्तरीय विद्यालयको स्थापना हुनुपर्ने बताए । उनले नेपालमा वाह्यका साथै आन्तरिक ऋण पनि बढ्दै गएको उल्लेख गरे । कार्यक्रममा उनले बजेटमा उल्लेख भएको अनुपातमा वाह्य ऋण २० प्रतिशत र अनुदान १५ प्रतिशतको हाराहारीमामात्रै आउने बताए ।

अहिले करको भार धेरै भएका कारण नेपाली व्यापारीहरु चिनियाँ सामान किन्नका लागि भारत जाने गरेको अवस्था रहेको बताए ।

उनले अहिले एकातिर भारतले चामल निर्यातमा कर लगाएको र नेपालले पनि कृषिजन्य वस्तुमा भ्याट लगाएको एवम् अर्कोतर्फ आन्तरिक उत्पादन पनि अपेक्षाअनुसार नभएका कारण खानै नपाएर मान्छे मर्ने अवस्था आउने होइन भन्ने चिन्ता रहेको उल्लेख गरे । उनले अपेक्षाअनुसार राजश्व उठ्न नसकेका कारण यो आर्थिक वर्ष चुनौतिपूर्ण हुने जिकिर गरे ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार  ६ : ३० बजे

माबिलुङ्ग इनर्जीको आइपीओ बाँडफाँड

काठमाडौं– माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयर

सुत्केरीलाई पोषण सामग्री वितरण

भोजपुर– सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य सुधार गर्ने उद्देश्यले

सागर डिष्टिलरीको आइपीओ बाँडफाँड

काठमाडौं– सागर डिष्टिलरी लिमिटेडले साधारण शेयर (आइपीओ) बाँडफाँड गरेको छ।

साफ यु–१७ महिला च्याम्पियनसिप : नेपालले आज बङ्गलादेशसँग खेल्दै

काठमाडौं– १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र

बुङ्गल हाइड्रोको आइपीओ भदौ १६ गते निष्काशन हुने

काठमाडौं– बुङ्गल हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) निष्काशन