समाजवादको नयाँ यात्रामा जाने आन्दोलन हो मोर्चा : प्रधानमन्त्री | Khabarhub Khabarhub

समाजवादको नयाँ यात्रामा जाने आन्दोलन हो मोर्चा : प्रधानमन्त्री


१४ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

कर्णाली – प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चा समाजवादको नयाँ यात्रामा जाने आन्दोलन भएको बताएका छन् । उनले आफ्नो समग्र जीवन राष्ट्रका लागि दिने बताए ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा समाजवादी मोर्चा नेपालद्वारा आज आयोजित ‘सन्देश सभा’लाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले मुलुकको समृद्धि, सुशासन र सामाजिक न्यायका लागि समाजवादी मोर्चा गठन भई यसले आफ्नो अभियान थालेको बताए । उनले भने, “राष्ट्र, राष्ट्रियता र मुलुकको स्वाभिमान जोगाउन मोर्चा नयाँ सङ्कल्पसहित अगाडि बढेको छ । यो यात्रा मोर्चाको आन्दोलन हो ।”

क्रान्तिकारीहरूलाई चनाखो बन्न र अझ ठूलो मोर्चा बनाएर एकताबद्ध ढङ्गले अगाडि बढ्न आग्रह गर्दै प्रधानमन्त्री दाहालले मुलुक र नेपाली जनतालाई केन्द्रविन्दुमा राखेर कम्युनिष्टहरूले आन्दोलनलाई गन्तव्यमा पुर्याउनुपर्नेमा जोड दिए। कम्युनिष्टहरूको नेपालको परिवर्तनमा ऐतिहासिक भूमिका भएको बताउँदै उनले समाजवादी मोर्चा जनताको तागत बनेर आउने जिकिर गरे ।

सम्बोधनका क्रममा उनले मुलुकमा व्याप्त भ्रष्टाचारविरुद्ध लडाइँ सुरु भएको र अब यो नरोकिने प्रतिबद्धता व्यक्त गरे । “सरकारले थालेको सुशासन र भ्रष्टाचारविरुद्धको अभियान अझ पेचिलो गरी अगाडि बढ्छ”, उनले भने, “यसमा नेपालका राजनीतिक दललगायत सबै सरोकारवालाले सहयोग गर्नुपर्छ ।” उनले जनताको सुख, मुलुकको समृद्धि, आन्दोलनको उपलब्धि, रक्षा र क्रान्तिका लागि मोर्चा अपरिहार्य आवश्यकता भएको प्रतिक्रिया दिए ।

समाजवादी मोर्चाको अभियानले हिजोको सामन्ती राज्यका अवशेषलाई समाप्त पार्ने बताएका प्रधानमन्त्री दाहालले समाजवादी मोर्चा बनाउँदा अरुभन्दा आफू बढी खुसी भएको प्रतिक्रिया दिए । सोही क्रममा उनले विप्लवको सुरक्षा घेरामा आफूले जनयुद्ध अगाडि बढाएको उल्लेख गर्दैै परिवर्तनको पक्षमा अग्रसर भई राम्रा काम गर्दा हटाउँछु भन्नेलाई हटाएर देखाउन चुनौती दिए ।

प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वको सरकार भ्रष्टाचारविरुद्धमा अग्रसर हुँदा कांग्रेस, एमालेलाई लक्षित गरेको भन्ने कुरा मिथ्या भएको प्रतिक्रिया दिँदै उनले माओवादी र आफू नै त्यस्तो विषय आए पनि छोड्न नहुनेमा जोड दिए । उनले सरकारले राम्रो काम गरेको प्रतिक्रियावादी र दलालहरूलाई सह्य नभएको समेत जिकिर गरे ।

 

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार  ८ : ३१ बजे

वीरगञ्ज महानगरमा रातको समयमा नाली सफाइ अभियान

वीरगञ्ज– मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्जमा रातको समयमा पनि नाला

फोक्सो जोगाउने सूत्र : धूलो, धुवाँ र धूमपानबाट बच्नुस्

बागमती प्रदेशका चार जिल्ला फोक्सोको क्यान्सरको उच्च जोखिममा परेको एक

नेपाली शान्ति सैनिकको एक टोली स्वदेश फिर्ता

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको आह्वानमा अबेइको अन्तरिम सुरक्षा बल मिसनमा तैनाथ

पाँच वर्षसम्म गोलबजार–लगडी–गदियानी सडक अधुरै

सिरहा– दुई वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण सुरु भएको गोलबजार–लगडी–गदियानी सडक

आयआर्जनका लागि ‘होमस्टे’मा जोडिँदै महिला

पाल्पा- पछिल्लो समय यहाँका महिला आयआर्जन गर्न घरबास ‘होमस्टे’मा जोडिँदै