संघीय संसदको संयुक्त बैठक आज बस्दै, राष्ट्रसंघका महासचिव गुटेरेसले सम्बोधन गर्ने « Khabarhub

संघीय संसदको संयुक्त बैठक आज बस्दै, राष्ट्रसंघका महासचिव गुटेरेसले सम्बोधन गर्ने


१४ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक आज बस्दै छ । संसद भवन नयाँबानेश्वरमा अपराह्न ४ बजे बस्ने गरी बैठक बोलाइएको छ ।

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रयोजनका लागि राष्ट्रियसभाका अध्यक्षसँग परामर्श गरी सभामुख देवराज घिमिरेले बैठक बोलाएका हुन् ।

संसद सचिवालयले दुवै संसदका सदस्यहरूको उपस्थितिका लागि सूचना समेत जारी गरेको छ । बैठकमा राष्ट्रसंघका महासचिव गुटेरेसले सम्बोधन गर्ने कार्यसूची छ ।

गुटेरेसको सम्बोधनलगत्तै सोही बैठकले उनलाई धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्नेछ ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ६ : ०५ बजे

भक्तपुरमा ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर – प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने

प्रधानमन्त्री बालेनको दसैँ शुभकामना- आसुरी प्रवृत्ति, कुशासन र भ्रष्टाचारविरुद्ध एकजुट आवश्यक छ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशमा विद्यमान आसुरी प्रवृत्तिका रूपमा

जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन

काठमाडौँ – जीवित देवी कुमारीलाई काठमाडौँको हनुमानढोकास्थित तलेजु भवानीको दर्शन

दसैँमा रातो वा सेतो टीका किन लगाइन्छ ?

दसैँ भन्नेबित्तिकै धेरै नेपालीको मनमा निधारभरि रातो टीका, कानमा सिउरिएको

दसैँ मनाउँदा एकअर्काको सहारा बन्न कांग्रेसका सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा आइपरेको राष्ट्रिय