संघीय संसदको संयुक्त बैठक आज बस्दै, राष्ट्रसंघका महासचिव गुटेरेसले सम्बोधन गर्ने « Khabarhub

संघीय संसदको संयुक्त बैठक आज बस्दै, राष्ट्रसंघका महासचिव गुटेरेसले सम्बोधन गर्ने


१४ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक आज बस्दै छ । संसद भवन नयाँबानेश्वरमा अपराह्न ४ बजे बस्ने गरी बैठक बोलाइएको छ ।

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रयोजनका लागि राष्ट्रियसभाका अध्यक्षसँग परामर्श गरी सभामुख देवराज घिमिरेले बैठक बोलाएका हुन् ।

संसद सचिवालयले दुवै संसदका सदस्यहरूको उपस्थितिका लागि सूचना समेत जारी गरेको छ । बैठकमा राष्ट्रसंघका महासचिव गुटेरेसले सम्बोधन गर्ने कार्यसूची छ ।

गुटेरेसको सम्बोधनलगत्तै सोही बैठकले उनलाई धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्नेछ ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ६ : ०५ बजे

कालीगण्डकी करिडोर सञ्चालन

गुल्मी – वर्षाका कारण अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ

शुभमन गिलको कीर्तिमानी दोहोरो शतक, वेस्ट इन्डिजमाथि भारतको शानदार जित

काठमाडाैँ – कप्तान शुभमन गिलको कीर्तिमानी दोहोरो शतकको मद्दतले भारतले

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज १५ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज १५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १५ गते बिहीबार सन् २०२६

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली