रुघाखोकी लाग्दा के खाने, के नखाने ? | Khabarhub Khabarhub

रुघाखोकी लाग्दा के खाने, के नखाने ?

‘रुघाखोकी र पिनासले बालबालिकाको पढाइ प्रभावित हुन्छ’


१४ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

हल्का चिसो बढेसँगै विभिन्न खालका स्वास्थ्य समस्याले सताउने गरेको छ। जसले गर्दा अस्पतालमा बिरामीको चाप बढिरहेको छ। यो मौसममा रुघाखोकीका बिरामी धेरै अस्पताल पुग्ने गर्छन्। यसले मानिसको मनमस्तिष्कलाई समेत बेचैन बनाउँछ। रुघा लागेको बेलामा मानिसको मन पनि एकाग्र हुँदैन। मानिसको स्मरण शक्तिले पनि ठिकसँग काम गर्दैन। रुघाखोकी भाइरसको कारणले लाग्छ भनिएता पनि अरू कारणले पनि आउने चिकित्सक बताउँछन्। यसै विषयमा आधारित भएर जनरल फिजिसियन डा. चन्दन ठाकुरसँग खबरहबका लागि गरिएको कुराकानीको सम्पादित अंशः

चिसो मौसममा हुने मौसमी रुघाखोकीलाई हामीले कसरी बुझ्ने ?
जाडो मौसममा केही रोगले निकै सताउँछ। ज्वरो, टन्सिल, दम, मुटुमा समस्या, जोर्नीको दुखाइ आदि जाडोमा देखिने रोग तथा समस्या हुन्। खासगरी बालबालिका, वृद्धवृद्धा, गर्भवती, दीर्घ रोगी तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई चिसोले निकै सताउने गर्छ। रुघाखोकी र ज्वरोको समस्या सिजन परिवर्तनको बेला धेरैलाई देखिन्छ। शरीरको प्रतिरोधक क्षमता कमजोर भएका व्यक्तिलाई मौसमी समस्या देखिन्छन्। मौसम बदलिने बेला हाम्रो शरीरको रोग प्रतिरोधात्मक शक्ति भन्दा भाइरसको सङ्क्रमण बढी हुन्छ।

रुघाखोकी सबैलाई एउटै प्रकारले लाग्ने हो ?
रुघाखोकीलाई मेडिकल भाषामा सिजनल फ्लु भनिन्छ। यो धेरै भाइरसको कारणले हुन्छ। त्यसैले खानपानमा ध्यान दिनुपर्छ। मौसमी फलफूल सुन्तला, कागती र महको सेवन गर्दा रोग प्रतिरोधात्मक शक्ति बढ्छ।

रुघाखोकीले बालबालिकालाई चाहिँ कस्तो असर गर्छ ?
बालबालिका सानोमा रुघाखोकी तथा पिनासबाट पीडित भएमा उनीहरूको पढाइलेखाइ नै प्रभावित हुन्छ। रुघाखोकीमा मन एकाग्र हुँदैन र पढेको विषय याद पनि हुँदैन। त्यसैले बालबालिकाको उचित ख्याल राख्नुपर्छ। रुघा लागेको बेलामा ६, ७ दिन कठिन हुन्छ। यस्तो अवस्थामा मेडिकलमा गएर आत्तिएर एन्टिबायोटिक खुवाउनु पर्दैन। एन्टिबायोटिकले रुघाका भाइरसलाई कुनै असर गर्दैन।

रुघाखोकी एकबाट अर्कोमा सर्ने माध्यम के हो ?
यो मौसमी रुघाखोकीको बेलामा जो कोहीले पनि अरूको अगाडि बस्दा मास्कको प्रयोग गर्नुपर्छ। हाछ्यु गर्दा मुख छोप्ने यसरी अरूमा सर्नसक्ने सम्भावना निकै कम भएर जान्छ। सङ्क्रमितले अरूको सामान प्रयोग गर्नु हुँदैन। धेरै भीडभाडमा जानुसमेत हुँदैन। जो व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता कम छ उसमा यो छिटो सर्छ।

यो मौसमी फ्लु नै हो भनेर कसरी थाहा पाउने ? रुघाखोकीसँग मिल्ने अरू समस्या पनि देखिन्छन् ?
मौसमी फ्लुमा सबैभन्दा पहिला ज्वरो १०० डिग्री भन्दामाथि जाँदैन। यसका लक्षणहरू आँखा रसाउने नाकबाट पानी बग्ने, खोकी लाग्ने हुन्छ। यसको लागि रगतको जाँच गरेर पनि थाहा हुन्छ।

हामी कस्तो अवस्थामा अस्पताल जानैपर्छ ?
सास फेर्न निकै गाह्रो भयो भने अस्पताल जानुपर्छ। खकारमा रगत देखा पर्याे र मुटुको ढुकढुकी बढ्यो भने पनि तुरुन्त अस्पतालमा गएर रगत र खकारको जाँच गर्नुपर्दछ।

मौसमी रुघाखोकी लाग्दा घरैमा बसेर के गर्न सकिन्छ ?
मौसमी फ्लु कसैलाई तीनदेखि पाँच दिनसम्म रहन्छ। कसैलाई सात दिनसम्म पनि रहन्छ। त्यस्तो भयो भने, झोलिलो खानेकुरा खानुपर्छ। सुन्तला खाने, फ्रिजमा भएका खाना नखाने गर्दा यो आफै हराएर जान्छ। यो पाँच दिन भन्दा बढी लम्बियो भने तुरुन्त अस्पताल गएर परामर्श लिनुपर्दछ।

आफू खुसी मेडिकल गएर औषधि खाँदा पछि के असर गर्दछ ?
रुघाखोकी लागेको बेलामा हामीले सिटामोल खाने भन्छौ। यदि कुनै मान्छेमा ज्वरो आएको छ भने सिटामोल भन्दा बाहेक अरू औषधि खानु हुँदैन। त्यसले उल्टो असर गर्नसक्छ। झोलिलो खानेकुरा खाने गर्नुपर्छ। जथाभावी औषधि खानु हुँदैन। कुनै औषधिको मात्रा पुगेन भने हाम्रो शरीरभित्र भएका कीटाणुहरू मर्दैनन् र पछि त्यही औषधि खाँदा त्यो कीटाणु मर्दैनन्। त्यसको असर दीर्घकालसम्म रहन्छ।

रुघाखोकी लागेको बेलामा के के कुरामा ध्यान दिने ?
रुघाखोकी भनेको भाइरसको कारणले हुने हो। त्यसैले यसमा एन्टिबायोटिकको प्रयोग गर्नु हुँदैन। झोलिलो खाना खाने, सिटामोल खाँदा यो आफै निको हुन्छ र भएन भने चिकित्सकको सल्लाहमा अरू औषधि खान सकिन्छ। बैगुन, गाँजर, लौका, फर्सी, आलु, दही, अचार, चिसो, अमिलो तथा गुलियो पदार्थहरू सेवन गर्नु हुँदैन। जाडोमा न्यानो कपडा लगाउने गर्नुपर्छ।

रुघाखोकी नै नलागोस् भनेर के के कुरामा ध्यान दिने ?
रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा जसमा उसिनेको अण्डा खाने, त्यसमा पनि ४० वर्ष कटेकाले अण्डाको सेतो भाग मात्र खाने गर्नुपर्छ। स्याउ र सुन्तला खानु राम्रो हुन्छ। यस्तो अवस्थामा बासी खाना खानु हुँदैन। पानी मनतातो बनाएर खाने गर्नुपर्छ। बिहान ३० देखि ६० मिनेट जति घाममा बस्ने, कागतीको सेवन गर्ने, चिसोबाट बच्ने र मौसमी फलफूलको सेवन गरेर मौसमी रुघाखोकीबाट बच्न सकिन्छ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ७ : ०७ बजे

सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु

झापा– नेपाल पत्रकार महासङ्घ झापा शाखाको आयोजनामा कनकाई नगरपालिकाको सुरुङ्गामा

कट्टेलचोक–आमाडाँडा सडक कालोपत्र

गोरखा– गोरखा नगरपालिकास्थित कट्टेलचोक–कट्टेलडाँडा हुँदै आमाडाँडा जोड्ने सडकखण्ड कालोपत्र गर्ने

मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी

दाङ– कपिलवस्तु घर भएका पल्टुराम मगर अहिले मूर्तिकला व्यवसायमा छन्

कारको ठक्करबाट पत्रकार रोहिताको मृत्यु

जनकपुरधाम– कारकाे ठक्करबाट पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ ।

बागमती प्रदेशसभामा विषयगत समितिको सभापति चयन गरिँदै

हेटौँडा– बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम चयन गरिँदै छ