राष्ट्रसंघका महासचिव गुटेरेस लुम्बिनीमा, प्रधानमन्त्री दाहालबाट स्वागत « Khabarhub

राष्ट्रसंघका महासचिव गुटेरेस लुम्बिनीमा, प्रधानमन्त्री दाहालबाट स्वागत


१४ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनी पुगेका छन् । आज बिहान पोखराबाट अन्नपूर्ण बेसक्याम्प पुगेका उनी त्यहाँबाट सिधै गौतमबुद्ध विमानस्थलमा ओर्लिएका हुन् । विमानस्थलबाट उनी हेलिकोप्टरमार्फत लुम्बिनी पुगेका हुन् ।

महासचिव गुटेरेसलाई लुम्बिनीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वागत गरे । पूर्वनिर्धारित समय तालिकाअनुसार बिहान पौने ९ बजे गुटेरेस लुम्बिनी पुग्ने बताए पनि बेसक्याम्पमा भएको ढिलाइका कारण दुई घण्टा ढिलो मात्र लुम्बिनी पुगेका हुन् ।

सुरक्षाका कारण लुम्बिनीमा सीमित पत्रकारहरुलाई मात्र प्रवेशका लागि पास उपलब्ध गराइएको छ । नेपाली सेनाले सुरक्षाको जिम्मा लिएकाले विकास कोषले पनि सबैलाई रिपोटिङका लागि पास दिन नसकेको जनाएको छ । गुटेरेस लुम्बिनी भ्रमणमा आउने संयुक्त राष्ट्रसङ्घका छैटौँ महासचिव हुन् ।

गुटेरेसलाई लुम्बिनीमा रहेका विहार, बौद्धधर्मका गुरु, भिक्षुभिक्षुणीसहित लुम्बिनी सांस्कृतिक नगरपालिकाका स्थानीय आमा समूह, थारू लगायत विभिन्न जातीय समूह र होटल व्यवसायीले समेत शान्तिदीपदेखि मायादेवी मन्दिरको दुवैतर्फ बसेर स्वागत गरेका थिए ।

गुटेरेसले मायादेवी मन्दिर, बुद्धजन्म स्मारक, पुष्पकरणी पोखरी, अशोक स्तम्भको निरीक्षण र भ्रमण गर्ने कार्यसूची छ । लुम्बिनीमा करिब डेढ घन्टा बिताएपछि गुटेरेस काठमाडौँ फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  १२ : १६ बजे

महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा भोलि बिहान ५ बजेदेखि पूजाआरधना गर्न पाइने

काठमाडौँ- विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्ला- जुम्लाबाट सात हजारभन्दा बढी मेट्रिकटन टन स्याउ निर्यात भएको

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

जुबा- दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो

राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलि प्रदान

जनकपुरधाम- जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा