लागूऔषधसहित दुईजना पक्राउ « Khabarhub

लागूऔषधसहित दुईजना पक्राउ


१४ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिरहा र कपिलवस्तुबाट लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । सिरहाको लहान नगरपालिका-१२ भोटिया चोकबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ४५ मिलिग्राम र डिजिटल तराजुसहित लहान नगरपालिका-१३ बस्ने ३३ वर्षीय देवकान्त चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय लहान र इलाका प्रहरी कार्यालय महेशबारीबाट खटिएको संयुक्त प्रहरी टोलीले स.९ प ८२७४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक चौधरीलाई उक्त लागूऔषध र तराजुसहित पक्राउ गरेको हो ।   

कपिलवस्तुको बाणगंगा नगरपालिका-७ बनगाई बस्ने २४ वर्षीय अंकित थारूलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरी टोलीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी थारूलाई पक्राउ गरेको हो ।     

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ३ : ५५ बजे

परराष्ट्रमन्त्री खनालसँग साउदी राजदूत मोनैखिरको भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद

पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

काठमाडौं– नेपाल पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान गरिएको छ ।

विकल्पविहीन भएपछि सरकारले उठिबास लगाएका सुकुम्वासी रोज्दैछन् मृत्यु

काठमाडौं- सुकुम्वासीसँग प्रधानमन्त्री वालेन्द्र शाहको इगो नयाँ होइन । उनी

किएभमा रूसी हमलामा १२ जनाको मृत्यु

एजेन्सी- युक्रेनको राजधानी किएभ र आसपासका क्षेत्रमा रूसले गरेको लामो

‘’नीतिगत निर्णय’ को कानुनी जटिलता नफुकाए मन्त्रिपरिषदका निर्णयमाथि अनुसन्धान गर्न सकिँदैन’

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले ’नीतिगत