'जलवायु परिवर्तनबाट प्रभावित मुलुक र समुदायलाई विकसित मुलुकले सहयोग गर्नैपर्छ' | Khabarhub Khabarhub

‘जलवायु परिवर्तनबाट प्रभावित मुलुक र समुदायलाई विकसित मुलुकले सहयोग गर्नैपर्छ’


१४ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनबाट प्रभावित मुलुक र समुदायका लागि विकसित मुलुकले क्षतिपूर्तिका रुपमा आर्थिक र सामाजिक सहयोग गर्नुपर्ने बताएका छन् ।

सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै महासचिव गुटेरेसले कार्वन उत्सर्जनमा नेपालको भूमिका नभए पनि जलवायु परिवर्तनको प्रतिकूल असर खेपिरहेकाले नेपालसमेतले यसको क्षतिपूर्ति स्वरुप विकसित मुलुकबाट जलवायु अनुकूललगायत क्षेत्रमा सहयोग पाउनुपर्ने बताए । 

चारदिने औपचारिक भ्रमणमा रहेका महासचिव गुटेरेसले सोमबार जलवायु परिवर्तनका कारण हिमाल पग्लिएर क्षति व्यहोरेका सोलुखुम्बुको सगरमाथा क्षेत्रका स्थानीयसँग छलफल गरेका थिए ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ४ : ४० बजे

‘पाकिस्तानमा रहेका नेपालीको सुरक्षाका लागि सरकार सचेत छ’

काठमाडौं– परराष्ट्र मन्त्रालयले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी र अन्य नेपालीको

गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : अध्यक्ष केसी

गलकोट– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्रको विकल्प

डेङ्गुप्रति सचेतना अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं– पानी पर्न थालेकाले डेङ्गु सङ्क्रमणको जोखिम बढ्नसक्ने भन्दै सतर्कता अपनाउन

रिलायन्सको आइपीओ : कम्पनीको पक्षमा उच्च अदालत पाटनको अन्तरिम आदेश

काठमाडौं– पाटन उच्च अदालतले रिलायन्स स्पिनिङ मिल्सको पक्षमा अन्तरिम आदेश

पोखराबाट अरु सहरमा पनि हवाई उडान गर्नेबारे छलफल

पोखरा– पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट देशका विभिन्न सहरहरूमा सीधा हवाई सेवा