नेपालगञ्जमा विद्युत् महसुल बक्यौता असुली अभियान « Khabarhub

नेपालगञ्जमा विद्युत् महसुल बक्यौता असुली अभियान


१४ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले तिर्न बाँकी विद्युत् महसुल असुली अभियान सुरु गरेको छ । उक्त कार्यालयले अहिलेसम्म दुई दिनको अवधिमा रु एक करोड ८० लाख ६८ हजार छ सय ७० बक्यौता असुली गरेको छ ।

 अभियानअन्तर्गत सोमबार रु दुई हजार पाँच सय ४७ ग्राहकबाट रु ८५ लाख ४१ हजार आठ सय ७० र आइतबार दुई हजार पाँच सय ७४ ग्राहबाट रु ९५ लाख २६ हजार आठ सय बक्यौता असुली भएको केन्द्रले जनाएको छ ।  

विद्युत बक्यौता महसुल असुली अभियानअन्तर्गत अनलाइन भुक्तानीमार्फत एक सय १२ ग्राहकको रु १७ लाख ६० हजार रकम सङ्कलन भएकामा ६१ जनाको पुनः लाइन जोडी रु नौ लाख १२ हजार आठ सय  बक्यौता पनि असुली भएको थियो । 

त्यस्तै एक सय ६३ जनाको रु ११ लाख ८७ हजार चार सय ६० बक्यौता असुली भएकामा २१ जनको पुनः लाइन जोडेर रु आठ लाख ७४ ६० बक्यौता असुली भएको वितरण केन्द्रले जनाएको छ । मध्यरातिसम्म अनलाइन भुक्तानी हुने भएकाले सो रकम बुझाउनेको सङ्ख्या अझ बढ्ने वितरण केन्द्रका लेखा प्रमुख बुद्धीसागर भुषालले जानकारी दिए। 

प्राधिकरणले थालेको अभियान तथा जनचेतनाका कारण नेपालगञ्ज वितरण केन्द्रमा हुने नियमित सरदर सङ्कलनको दोब्बर रकम सङ्कलन भएको बताइएको छ । त्यस्तै कोहलपुर वितरण केन्द्रले उक्त क्षेत्रबाट १२ लाख ३१ हजार ५०६ बक्यौता रहँदा एक सय चार जनाको लाइन काटिएको जनाएको छ । 

विद्युत् महसुल भुक्तानी गर्न  ६० दिन नाघेका ग्राहकलाई सार्वजनिक सूचनामार्फत अविलम्ब भुक्तानीको लागि आग्रह गरेपछि प्राधिकरणले बक्यौता महसुल असुलीमा कडाइ गर्न थालेको थियो । 

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ५ : ४० बजे

पृथ्वी राजमार्ग भोलि ६ घण्टा बन्द हुने

काठमाडौं- त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि धादिङको गलौँदी क्षेत्रमा पृथ्वी

एल निनोका कारण समुद्री तापक्रममा नयाँ रेकर्ड, सन् २०२७ मा विश्वव्यापी तापक्रम बढ्ने चेतावनी

पेरिस- शक्तिशाली एल निनोका कारण प्रशान्त महासागरको प्रमुख निगरानी क्षेत्रको समुद्री

आर्थिक कूटनीतिमार्फत लगानी र प्रविधि भित्र्याउने पाण्डेको प्रतिबद्धता

काठमाडौं– भारतका लागि प्रस्तावित राजदूत डा. निश्‍चल नाथ पाण्डेले नेपालमा

उपत्यकाबाट चोरी भई फेला परेका ५० मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

पाकिस्तानमा इमरान खानको पार्टीका २७८ सदस्य पक्राउ

पेशावर- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपत्कालीन शासन लागू गरिएपछि जेलमा रहेका