समयसीमा नजिकिँदै गर्दा हजारौँ अफगानी पाकिस्तानबाट भागे « Khabarhub

समयसीमा नजिकिँदै गर्दा हजारौँ अफगानी पाकिस्तानबाट भागे


१४ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

पेशावर – सत्र लाख अफगानीहरूका लागि स्वेच्छाले पाकिस्तान छोड्न वा गिरफ्तारीबाट निर्वासनको सामना गर्ने समयसीमाको अन्तिम दिन मङ्गलबार १० हजारभन्दा धेरै अफगानी आप्रवासी सीमामा पुगेका छन् । 

सरकारले बुधबारदेखि कागजातविहीन अफगानीहरूलाई गिरफ्तार गरिने र होल्डिङ सेन्टरमा राख्न सुरु गरिने बताएको थियो । उनीहरूलाई त्यहाँबाट जबरजस्ती अफगानिस्तान फिर्ता पठाइने पनि सरकारले बताएको थियो । 

काबुलको तालिवान सरकारले पाकिस्तान सरकारको उक्त नीतिलाई ‘उत्पीडन’ भनेको छ । ‘हजारौँ अफगान शरणार्थीहरू सवारी साधन, लरी र ट्रकहरूमा आफ्नो पालो पर्खिरहेका छन् र यो सङ्ख्या बढिरहेको छ’, तोर्खम सीमामा सरकारका वरिष्ठ अधिकारी इर्साद मोहम्मदले भने, ‘बिहानैदेखि १० हजारभन्दा बढी शरणार्थीहरू जम्मा भएका छन् ।’

सरकारले पाकिस्तानमा अवैधरूपमा रहेका १७ लाख अफगानीहरूलाई छोड्न एक महिनाको समयसीमा दिने घोषणा गरेपछि अक्टोबरको सुरुदेखि एक लाखभन्दा बढी अफगानी आप्रवासी पाकिस्तानबाट भागेका छन् । 

‘पाकिस्तानी अधिकारीहरू बाट हुने कुनै पनि अपमानबाट बच्न मैले त्यहाँबाट जाने निर्णय गरेको छु’, पेशावरको एउटा सहायता शिविरमा शरणार्थी आमाबुबाबाट जन्मिएका जुल्फिकार खानले भने।

उत्तरी तोर्खम सीमाबाट ८० प्रतिशतभन्दा बढी मानिस खैबर पख्तुनख्वा प्रान्तमा गएका छन् । उक्त प्रान्तमा अधिकांश अफगान आप्रवासी बसोबास गर्छन् । स्वेच्छाले गएकाले अहिलेसम्म उनीहरूलाई पक्राउ नगरिएको सो प्रान्तका प्रहरीले बताएको छ । तर कराँची र इस्लामाबादमा अफगान शरणार्थीहरूले पक्राउ, उत्पीडन र जबरजस्ती गरेको बताएका छन् । 

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ६ : २३ बजे

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको

गगन थापाको नेतृत्व र एकताको महाधिवेशनले कांग्रेसलाई बलियो बनाउँछ : जीवनबहादुर शाही

नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँमा जारी छ। विशेष महाधिवेशनबाट निर्वाचित

कांग्रेस महाधिवेशन : दाबी विरोधको समय दिउँसो २ बजेसम्म थपियो

काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशनमा उम्मेदवारको दाबी विरोध गर्ने समय थप गरिएको

लेतेदेखि कोरलासम्म रोकिएका कन्टेनर

मुस्ताङ– मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

काठमाडौँ– नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित गर्दै