काठमाडौं– देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ४६ जना पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका-२६ सामाखुसी टाउन प्लानिङ बस्ने अप्सरा मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा म्याग्दी घोरेपानी घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका नारायणथान बस्ने २६ वर्षीया यम कुमारी पुन समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १ लाख ९९ हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
काठमाडौंकै तारकेश्वर नगरपालिका-८ जरङ्खु बस्ने नुवाकोट किस्पाङ्ग गाउँपालिका-२ घर भएका ३९ वर्षीय पूर्ण बहादुर रानाको खाजा घरभित्र जुवातास खेलिरहेको अवस्थामा राना समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १९ हजार ५ सय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
बाँकेको कोहलपुर नगरपालिका-३ मदनचोक बस्ने विष्णु खरेलको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-४ बस्ने ४१ वर्षीय दीपक कुमार ढकाल समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ३५ हजार ९ सय ५५ रुपैयाँ र २५ गड्डी ताससहित पक्राउ गरेको हो ।
धादिङको निलकण्ठ नगरपालिका-३ एमाले चोक नजिक बस्ने आशिष श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीय ईश्वर खतिवडा समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ४२ हजार ८ सय २५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
तेह्रथुमको लालिगुँरास नगरपालिका-२ प्रगती टोल बस्ने ३८ वर्षीय बीर बहादुर गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरूङ समेत १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ९५ हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
कञ्चनपुरको बेलौरी नगरपालिका-७ फगतपुरस्थित राजु चौधरीको नास्ता पसलमा जुवातास खेलिरहेको अवस्थामा चौधरी समेत ७ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ११ हजार ५ सय ८० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।