दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


१४ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

 दिनभर आजमा सङ्क्रमणकालीन न्यायले दिगो शान्ति कायम गर्ने महासचिव गुटेरेसको विश्वास, शान्ति प्रक्रिया टुङ्ग्याउन राष्ट्रसङ्घको सहयोग हुने प्रधानमन्त्रीको विश्वास, जलवायु परिवर्तन सहयोग कोष वृद्धि गरिने, राष्ट्रिय मर्यादासम्बन्धी विधेयक पारित, अर्थमन्त्री महत र बेलायतका ट्रेजरीमन्त्री पेनबीच भेटवार्ता, सडक सञ्जाल सुधारका लागि एडिबीसँग १३ अर्ब बराबरको ऋण सम्झौतालगायतका समाचारले प्रमुख स्थान पाए ।

सङ्क्रमणकालीन न्यायले दिगो शान्ति कायम गर्ने महासचिव गुटेरेसको विश्वास (पूर्णपाठ)
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सङ्क्रमणकालीन न्याय जटिल प्रक्रिया भए पनि यसले दिगो शान्ति कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन्।

शान्ति प्रक्रिया टुङ्ग्याउन राष्ट्रसङ्घको सहयोग हुने प्रधानमन्त्रीको विश्वास
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको शान्ति प्रक्रिया टुङ्ग्याउन संयुक्त राष्ट्रसङ्घबाट सहयोग हुने विश्वास व्यक्त गरेका छन् ।

जलवायु परिवर्तन सहयोग कोष वृद्धि गरिने
नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।

शान्तिको खोज सधैँ मानवताको सर्वोच्च आकांक्षा : प्रधानमन्त्री
पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिको खोज सधैँ मानवताको सर्वोच्च आकांक्षा भएको बताएका छन् । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई आज गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा स्वागत गर्दै प्रधानमन्त्री दाहालले देशको परिवर्तन र रूपान्तरणका लागि सङ्घर्षको नेतृत्व गर्ने नेताका रुपमा आफूले शान्ति र द्वन्द्वको मूल्य बुझेको उल्लेख गरे ।

राष्ट्रिय मर्यादासम्बन्धी विधेयक पारित
राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०८० राष्ट्रियसभाबाट पारित भएको छ ।

राष्ट्रियसभाको आज बसेको दोस्रो बैठकमा सांसद प्रकाश पन्थले पेश गरेको ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०८० पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

महासचिव गुटेरेसको सम्बोधन : बहुआयामिक सन्देश प्रवाह
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले संसद्को संयुक्त सदनलाई आज गरेको सम्बोधनले विश्व समुदायमाझ नेपालको गौरव बढाउने बहुआयामिक सन्देश दिएको प्रतिक्रिया पूर्वसभामुखले दिएका छन् ।

‘मुलुकको शान्ति प्रक्रियाबारे राष्ट्रसंघका महासचिवको प्रशंसा गौरवको विषय’
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मुलुकको शान्ति प्रक्रियाका बारेमा राष्ट्रसंघका महासचिवले प्रशंसा गर्नु नेपालका लागि गौरवको विषय भएको बताएका छन् ।

अर्थमन्त्री महत र बेलायतका ट्रेजरीमन्त्री पेनबीच भेटवार्ता
अर्थमन्त्री डा। प्रकाशशरण महत र संयुक्त अधिराज्य(बेलायत)का ट्रेजरी लर्डस् मन्त्री बारोनेस पेनबीच लण्डनस्थित अर्थ मन्त्रालयमा भेटवार्ता भएको छ ।

परराष्ट्रमन्त्री साउद र अमेरिकी विदेशमन्त्रीबीच भेटवार्ता
परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनबीच भेटवार्ता भएको छ ।

अमेरिकाको संघीय राजधानी वासिङ्टन डिसीमा भएको सो भेटमा दुवैले नेपाल–अमेरिकाबीचको जारी साझेदारीका बारेमा विस्तृत छलफल गरेका छन् ।

सडक सञ्जाल सुधारका लागि एडिबीसँग १३ अर्ब बराबरको ऋण सम्झौता
नेपाल सरकार र एसियाली विकास बैंक(एडिबी)बीच नेपालको सडक सञ्जाल सुधार तथा विस्तारका लागि करिब रु १३ अर्ब (१० करोड अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ ।

नेपालद्वारा मलेसिया छ विकेटले पराजित
आइसिसी ट्वान्टी- २० विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा नेपालले मलेसियालाई छ विकेटले पराजित गरेको छ । जारी प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जीत हो । यसअघि हिजो भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई आठ विकेटले पराजित गरेको थियो ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ८ : ५९ बजे

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ

कामठाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो

रविले बोले पनि फुकेन संसदको गाँठो

काठमाडौं- प्रतिनिधिसभा बैठकमा भइरहेको अवरोध हटाउने सत्तापक्ष र प्रतिपक्षको केही