घट्यो डिजेल र मट्टीतेलको मूल्य | Khabarhub Khabarhub

घट्यो डिजेल र मट्टीतेलको मूल्य


१४ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगमले मंगलवार साँझ एक विज्ञप्ति जारी गर्दै डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाएको जनाएको हो ।

घटेको मूल्य बुधबार बिहान १ बजेदेखि लागु हुने निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढेर आए पनि हाललाई यथावत् राखिएको निगमले जनाएको छ ।

नयाँ मूल्यअनुसार अब डिजेल र मट्टीतेलको खुद्रा मूल्य पहिलो वर्गमा १६१ रुपैयाँ ५० पैसा, दोस्रोमा १६३ र तेस्रोमा १६४ रुपैयाँ कायम हुनेछ। पेट्रोलको भाउ भने पहिलो वर्गमा १६९ रुपैयाँ ५० पैसा, दोस्रोमा १७१ र तेस्रोमा १७२ रुपैयाँ नै कायम हुनेछ। अन्य पेट्रोलियम पदार्थको भाउ पनि यथावत नै रहेको छ।

 

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ८ : १८ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले