भारतीय क्रिकेटले रचेको दुर्लभ विश्व कीर्तिमान « Khabarhub

भारतीय क्रिकेटले रचेको दुर्लभ विश्व कीर्तिमान


१४ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


876
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले हाल दुईवटा ढाँचाको विश्वकप आयोजना गर्छ । एकदिवसीय विश्वकप पुरानो हो भने टी—२० विश्वकप नयाँ हो ।

एकदिवसीय विश्वकप पनि पहिले ६० ओभरको खेलाइन्थ्यो । चौथो विश्वकपदेखि मात्र ५० ओभरको प्रचलन सुरु भएको हो । विश्व क्रिकेटको इतिहासमा हालसम्म भारतले मात्र ६० ओभर, ५० ओभर र २० ओभरको विश्वकप जित्ने कीर्तिमान बनाउन सकेको छ ।

भारतले सन् १९८३ मा पहिलो पटक एकदिवसीय विश्वकप जितेको थियो । त्यतिबेला एकदिवसीय विश्वकप ६० ओभरको खेलाइन्थ्यो ।

त्यसपछि भारतले सन् २०११ मा दोस्रो पटक एकदिवसीय विश्वकप जित्यो । त्यतिबेलासम्म एकदिवसीय विश्वकप ५० ओभरमा खेलाउन सुरु भइसकेको थियो ।

यसका अतिरिक्त भारतले सन् २००७ मा आईसीसी टी—२० विश्वकपको उपाधि पनि चुमेको थियो । यसरी भारत ६० ओभर, ५० ओभर र २० ओभरको ढाँचामा खेलाइएको विश्वकप जित्ने एकमात्र राष्ट्र बन्न पुगेको हो ।

स्रोत : एएनआई

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ८ : ३७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको