भारतीय क्रिकेटले रचेको दुर्लभ विश्व कीर्तिमान « Khabarhub

भारतीय क्रिकेटले रचेको दुर्लभ विश्व कीर्तिमान


१४ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


876
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले हाल दुईवटा ढाँचाको विश्वकप आयोजना गर्छ । एकदिवसीय विश्वकप पुरानो हो भने टी—२० विश्वकप नयाँ हो ।

एकदिवसीय विश्वकप पनि पहिले ६० ओभरको खेलाइन्थ्यो । चौथो विश्वकपदेखि मात्र ५० ओभरको प्रचलन सुरु भएको हो । विश्व क्रिकेटको इतिहासमा हालसम्म भारतले मात्र ६० ओभर, ५० ओभर र २० ओभरको विश्वकप जित्ने कीर्तिमान बनाउन सकेको छ ।

भारतले सन् १९८३ मा पहिलो पटक एकदिवसीय विश्वकप जितेको थियो । त्यतिबेला एकदिवसीय विश्वकप ६० ओभरको खेलाइन्थ्यो ।

त्यसपछि भारतले सन् २०११ मा दोस्रो पटक एकदिवसीय विश्वकप जित्यो । त्यतिबेलासम्म एकदिवसीय विश्वकप ५० ओभरमा खेलाउन सुरु भइसकेको थियो ।

यसका अतिरिक्त भारतले सन् २००७ मा आईसीसी टी—२० विश्वकपको उपाधि पनि चुमेको थियो । यसरी भारत ६० ओभर, ५० ओभर र २० ओभरको ढाँचामा खेलाइएको विश्वकप जित्ने एकमात्र राष्ट्र बन्न पुगेको हो ।

स्रोत : एएनआई

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ८ : ३७ बजे

निर्वाचनबाट कांग्रेस भाग्दैन : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस निर्वाचनबाट नभाग्ने

वित्तीय सुशासनका लागि अनिवार्य विद्युतीय भुक्तानी : अर्थमन्त्री खनाल

पाटन– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले वित्तीय सुशासन कायम गर्नका लागि सरकारले

ससुरा अर्जुननरसिंहबारे गगनको स्पष्टीकरण : मेरो दबाबले समानुपातिक सूचीमा राखिएको होइन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी नेता अर्जुननरसिंह केसीलाई

‘युक्रेन संकट समाधानका लागि संवाद र वार्ताको आवश्यकता’

एजेन्सी– युक्रेन संकटको दीर्घकालीन समाधानका लागि संवाद र वार्ता मात्र