महासचिव गुटेरेस र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता | Khabarhub Khabarhub

महासचिव गुटेरेस र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता


१४ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ ।

मंगलबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकअघि उनीहरुबीच गृह मन्त्रालयको सभाकक्ष, सिंहदरबारमा भेटवार्ता भएको हो ।

भेटमा नेपालको आर्थिक–सामाजिक विकासको प्राथमिकता र त्यसमा राष्ट्रसंघको भूमिकाबारे छलफल भएको थियो। उपप्रधानमन्त्री श्रेष्ठले जलवायु परिवर्तनले नेपालजस्तो पर्वतीय देशलाई बढी जोखिममा पारिरहेको र त्यसको नियन्त्रणमा राष्ट्रसंघले चालेका कदमबारे जिज्ञासा राखेका थिए।

जवाफमा महासचिव गुटेरेसले ‘राष्ट्रसंघीय जलवायु परिवर्तन सहयोग कोष’को पुनर्संरचना गरी प्रभावित मुलुकका लागि कोषको वृद्धि गरिने बताए। त्यस्तै, उनले जलवायु परिवर्तन बहुप्रकोपीय जोखिम पूर्वसूचना प्रणाली स्थापनामा समेत सहयोग गर्ने आश्वासन दिए।

उपप्रधानमन्त्री श्रेष्ठले नेपाल राजनीतिक परिवर्तनपछि गुणात्मक आर्थिक,सामाजिक न्यायसहित विकासको फड्कोमा अगाडि बढ्न खोजिरहेको र वर्तमान सरकारका प्राथमिकताहरू त्यसमै केन्द्रित रहेको बताए।

महासचिव गुटेरेसले राजनीतिक, सामाजिक र आर्थिक विकास एवम् अभियानहरू परिपुरक भएको र नेपालले दीगो विकास, शान्ति स्थापना र शान्ति प्रक्रियाको निष्कर्षका लागि उदाहरणीय अभ्यास गरिरहेकोमा प्रशंसा गरे।

मंगलबार नै लुम्बिनी भ्रमण गरी आएका महासचिव गुटेरेसप्रति बुद्धभूमिलाई महत्त्व दिएकोमा उपप्रधानमन्त्री श्रेष्ठले हार्दिकता प्रकट गरे।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ९ : ३४ बजे

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ

कामठाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो

रविले बोले पनि फुकेन संसदको गाँठो

काठमाडौं- प्रतिनिधिसभा बैठकमा भइरहेको अवरोध हटाउने सत्तापक्ष र प्रतिपक्षको केही