महासचिव गुटेरेस र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता « Khabarhub

महासचिव गुटेरेस र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता


१४ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ ।

मंगलबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकअघि उनीहरुबीच गृह मन्त्रालयको सभाकक्ष, सिंहदरबारमा भेटवार्ता भएको हो ।

भेटमा नेपालको आर्थिक–सामाजिक विकासको प्राथमिकता र त्यसमा राष्ट्रसंघको भूमिकाबारे छलफल भएको थियो। उपप्रधानमन्त्री श्रेष्ठले जलवायु परिवर्तनले नेपालजस्तो पर्वतीय देशलाई बढी जोखिममा पारिरहेको र त्यसको नियन्त्रणमा राष्ट्रसंघले चालेका कदमबारे जिज्ञासा राखेका थिए।

जवाफमा महासचिव गुटेरेसले ‘राष्ट्रसंघीय जलवायु परिवर्तन सहयोग कोष’को पुनर्संरचना गरी प्रभावित मुलुकका लागि कोषको वृद्धि गरिने बताए। त्यस्तै, उनले जलवायु परिवर्तन बहुप्रकोपीय जोखिम पूर्वसूचना प्रणाली स्थापनामा समेत सहयोग गर्ने आश्वासन दिए।

उपप्रधानमन्त्री श्रेष्ठले नेपाल राजनीतिक परिवर्तनपछि गुणात्मक आर्थिक,सामाजिक न्यायसहित विकासको फड्कोमा अगाडि बढ्न खोजिरहेको र वर्तमान सरकारका प्राथमिकताहरू त्यसमै केन्द्रित रहेको बताए।

महासचिव गुटेरेसले राजनीतिक, सामाजिक र आर्थिक विकास एवम् अभियानहरू परिपुरक भएको र नेपालले दीगो विकास, शान्ति स्थापना र शान्ति प्रक्रियाको निष्कर्षका लागि उदाहरणीय अभ्यास गरिरहेकोमा प्रशंसा गरे।

मंगलबार नै लुम्बिनी भ्रमण गरी आएका महासचिव गुटेरेसप्रति बुद्धभूमिलाई महत्त्व दिएकोमा उपप्रधानमन्त्री श्रेष्ठले हार्दिकता प्रकट गरे।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ९ : ३४ बजे

१३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

निर्देशक पन्तको दाबी : ‘आबाट आमा’को व्यापार ८ करोड ७२ लाख कट्यो

काठमाडौं – नायक पल शाह स्टारर फिल्म ‘आबाट आमा’ले सुरुवाती

जनहितमा काम गर्ने योजनासहित निर्वाचनमा होमिएको हुँ : वाग्ले

दमौली– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा स्वर्णिम वाग्लेले जनताको नजिक

६ नेपाली फिल्म हलमा

काठमाडौं – फागुन १ गते शुक्रबारबाट तीन फिल्महरु ‘बिगुल’, ‘शिवांश’

एक थना पेस्तोल र चार राउन्ड गोलीसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट आज एक थना पेस्तोल र